Comments Add Comment

बलिउडका प्रतिक्षित ६ बायोपिक चलचित्र

बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।

यस वर्ष रिलिज भएको बायोपिक चलचित्र ‘छप्पक’लाई दर्शकले मन पराएका थिए । यसै वर्ष केही अन्य केही बायोपिक चलचित्रहरु बनेका छन्, जसलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

१. ८३

यस वर्षको प्रतिक्षित चलचित्र हो, ८३ । यस चलचित्र क्रिकेट खेलाडी कपिल देवको बायोपिकमा आधारित रहेर निर्माण भएको छ । सन् १९८३ मा भएको विश्वकपको विषयलाई मुख्य आधार बनाएर चलचित्र तयार गरिएको छ ।

कविर खान निर्देशित चलचित्रमा रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा प्रस्तुत भएका छन् । रणवीरले कपिल देवको भूमिका निर्वाह गरेका छन् भने दीपिका कपिलको श्रीमति बनेकी छिन् ।

यस चलचित्र यसै वर्षको अप्रिल १० तारिखमा रिलिज हुदैँछ ।

२. साइना नेहवालको बायोपिक

ब्याडमिन्टन खेलाडी साइना नेहवालको जीवनकथामा पनि चलचित्र बनिरहेको छ । अमोल गुप्तेले निर्देशन गर्ने यस चलचित्रमा परिणिती चोपडा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

यस चलचित्रको लागि परिणितीले निकै मेहनत गरेकी छिन् । उनले लामो समयसम्म ब्याडमिन्टन सिकेकी थिइन् । नेहवाल जस्तै बन्नको लागि परणितीले उनको पूरनो भिडियो तथा तस्विरहरु पनि हेर्न भ्याएकी थिइन् ।

यस चलचित्रले २०२० अक्टुबर ३ लाई रिलिज टार्गेट बनाएको छ ।

३. सरदार उधम सिंह

भारतको स्वतन्त्रता अभियानका स्वतन्त्रता योद्धा उधम सिंहको जीवनीमा आधारित रहेर सरकार उधम सिंह बन्न लागेको हो । सुजित सर्कारको निर्देशनमा बन्ने यस चलचित्रमा विक्की कैशलले मुख्य भूमिका निर्वाह गरेका छन् ।

‘उरी’ जस्तो सफल चलचित्रमा काम गरेको विक्कीले यस चलचित्रको लागि पनि निकै मेहनत गरेका छन् । यस चलचित्रले २०२० अक्टोबर २ तारिखलाई रिलिज मिति तय गरेको छ ।

४. थलाइवी

तामिलनाडुकी स्वर्गिय पूर्व मुख्यमन्त्री जयललिताको जिवनीमा आधारित रहेर थलाइवी निर्माण भएको छ । चलचित्रमा कंगना रानावत मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको सार्वजनिक पोस्टरमा कंगनालाई चिन्न गाह्रो हुन्छ । कंगना दुरुस्तै जयलिता देखिएकी छिन् ।

विजयले निर्देशन गरिरहेको यस चलचित्रमा विष्णु इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको छ । चलचित्रले जुन २६ लाई रिलिज लक्ष्य बनाएको छ ।

५. गंगुबाई कठियावाडी

संजयलीला भन्सालीको निर्देशनमा ‘गंगुबाई कठियावाडी’ तयार भएको छ । मुम्बाईकी माफिया क्विन गंगुबाईको जीवनमा आधारित रहेर निर्माण भएको यस चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । आलिया चलचित्रमा माफिया क्विन बनेकी छिन् ।

प्रतिक्षित यस चलचित्रले २०२० सेक्टेम्बर ११ लाई रिलिज लक्ष्य बनाएको छ ।

६. पृथ्विराज

हिन्दुस्तानका सम्राट पृथ्विराज चौहानको कथामा पनि चलचित्र बनिरहेको छ । यस चलचित्रमा अक्षय कुमार मुख्य भूमिकामा प्रस्तुत हुदैँछन् । राजा पृथ्विराजको जीवन भोगाईलाई चलचित्रमा उतारिएको छ ।

चन्द्र प्रकाश द्धिवेदीले निर्देशन गरेको यसै चलचित्रबाट मिस वल्र्ड मानुषी छिल्लारले पनि बलिउडमा डेब्यु गर्दैछिन् । यस चलचित्रले २०२० अगष्ट १५ लाई रिलिज मिति पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment