Comments Add Comment

जापानमा यसरी हुर्काइन्छ बालबालिका

विश्वका सबै मुलुकमा फरक फरक किसिमको शासन व्यवस्था, वातावरण र चालचलन छ । त्यसैको आधारमा त्यहाँका बालबालिका हुर्किन्छन् । त्यसैले फरक मुलुकमा फरक तरिकामा बालबालिकालाई हुर्काइने गरिएको छ । तर, जापानमा बच्चा हुर्काउने तरिका केही फरक छ । यस्तो छ जापानमा बच्चा हुर्काउने १० अनौठो तरिका ।

गर्भावस्थामा

गर्भावस्थामा रहँदा महिलाले कुनै पनि खानामा रोक लगाउने चलन जापानमा छैन । अन्य मुलुकमा बच्चा गर्भमा रहँदा उसको स्वास्थ्यलाई पनि मध्यनजर गर्दै कफी, अल्कोहल, काँचो चीजसम्म खान रोक लगाउँछन् । तर, जापानमा भने त्यस्तो कुनै पनि प्रतिबन्ध लगाइँदैन ।

साथी बनाउनु

जापानमा आमाहरुको कुरा साटासाट गर्ने तरिका अन्य मुलुकको तुलनामा छुट्टै किसिमको हुन्छ । अन्य मुलुकमा धेरैजसो मुलुकमा आमा बनेपछि पनि महिलाले फुलटाइम काम जारी राख्छन् । यसले आमाहरुकोबीचमा सम्पर्कको लागि धेरै समय हुँदैन ।

यस्तोमा अन्य साथी बनाउनु कठिन हुन्छ । तर, जापानमा कहिलेकाहीँ आमाहरु एक मैदानमा भेट भएर आफ्नो सुखदु:ख साटासाट गर्ने गर्छन् । यो क्रममा उनीहरु आफ्नो परिवार र बच्चाहरुको विषयमा पनि कुरा गर्ने गरेका छन् ।

यस्तोमा उनीहरु निकै खुलारुपमा प्रस्तुत हुने गर्छन् । यस्तोमा एउटै अवस्थाबाट गुज्रिरहेका आमाहरु भेट हुन्छन् । यसले उनीहरुलाई आफ्नो समस्या साझा गर्न सहयोग पुग्छ । यसबाट उनीहरुले केही कुरा सिक्ने अवसर पनि पाउँछन् ।

पार्टीमा

धेरै जसो मुलुकमा धेरै मानिसहरुको जमघट हुँदा महिला र पुरुष छुट्टै नै जान्छन् । अझ धेरैजसो महिलाहरु भान्सा र बच्चा हेर्ने काममा व्यस्त हुन्छन् । जापानमा भने दुवैजना सँगै पार्टीमा जान्छन् । तर धेरैजसो महिलाले अन्य पुरुषसँग मित्रता भने गाँस्दैनन् ।

नर्सरी स्कुल

जापानमा दुई किसिमको नर्सरी स्कुल हुन्छ । जसमा एउटा बच्चाको आमा पनि कतै काम गर्नेका लागि हुन्छ भने अर्को बच्चाको आमा घरमै बस्ने बच्चाको लागि बनाइएको हुन्छ । यस्तोमा काम गर्ने महिलाको बच्चाका लागि मासिक १५० डलरमा स्कुलले नै खानादेखि खेल्नेसम्मको व्यवस्था मिलाइदिन्छ ।

विद्यालय जाँदा

जापानमा बच्चाहरु केही ठूला भए पनि उनीहरु बाटोमा साथीहरु भेटेर सँगै विद्यालय जान्छन् । यसरी विद्यालय जाँदा अलि ठूला छिमेकीले पनि उनीहरुलाई बाटोमा हेरिदिन्छन् । साथै उनीहरु पनि बच्चाहरुसँग अभिभावदन साटासाट गर्छन् ।

यसरी अभिभावदन साटासाट गर्दा उनीहरु निकै खुसी पनि देखिन्छन् । अभिभावकले आफ्ना बच्चालाई अरुलाई भेट्दा ठूलो स्वरमा उभिएर गुड मर्निङ भन्न लगाउँछन् । यसरी अभिवादन नगर्नेलाई रुखो मानिन्छ ।

समाजमा भइरहेका गतिविधिमा पनि अभिभावकले राम्रोसँग ध्यान दिने गरेका छन् । कुनै बच्चाले आफ्नो साइकल अरुलाई असर पर्ने गरी चलाएको खण्डमा अर्को पटकको विद्यालयको बैठकमा यो समस्याको बारेमा छलफल हुन्छ र यो समस्याको समाधान गरिन्छ ।

खानेकुरा

जापानमा बच्चाहरुलाई निकै पोषिलो खाना खुवाइन्छ । धेरैजसो बच्चाको टिफिन बक्समा प्रायजसो भात नै पठाइन्छ । साथै अण्डा, सस र ब्रोकाउलीको तरकारी पनि समावेश हुन्छ । जापानमा तरकारी खरीद गर्दा पनि सबै कुनै पनि रसायन नमिसाइएको शुद्ध पाइन्छ ।

समुदाय

जापानमा समुदाय सबैभन्दा महत्वपूर्ण कुरा हो । जापानका समुदायहरुमा विभिन्न किसिमको कार्यक्रम हुन्छन् । यी कार्यक्रममा सरसफाइदेखि भेटघाटसम्मका कार्यक्रमहरु हुन्छन् । उक्त कार्यक्रममा सबैजना सहभागी पनि हुने गरेका छन् ।

यी कार्यक्रमहरुमा सहभागी हुँदा सँगै हिँड्ने साथीलाई अभिवादन गर्ने प्रचलन छ । यसले समुदायमा बस्ने मानिसहरुको बीचमा आत्मीयताको विकास हुन्छ । स्थानीय चाडपर्व पनि समुदायमा सँगै मिलेर मनाइन्छ ।

भद्रता

जापानका धेरैजसो स्टोरमा छुट्टै एक नर्सिङ रुमको व्यवस्था हुन्छ । जहाँ गएर महिलाले बच्चालाई स्तनपान गराउन सक्छन् । साथै जापानमा महिला निकै भद्र हुन्छन् । गर्मीयाममा पनि उनीहरु आफ्नो हात र खुट्टा छोपेर नै हिँड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment