+

फुटबलमा पनि नो ह्याण्डसेक, अब नमस्ते

२०७६ फागुन  २५ गते १९:४० २०७६ फागुन २५ गते १९:४०
फुटबलमा पनि नो ह्याण्डसेक, अब नमस्ते

काठमाडौं । फुटबल खेल सुरुहुनु अघि दुई टिमका खेलाडीबीच हात मिलाइन्छ । फुटबलमा मात्र होइन, अन्य खेलमा पनि यो हुन्छ ।

आजकल विश्वकप खेलकुद अझ पुटबल खेलहरुमा हात मिलाउन छाडिएको छ । किन त ?

अहिले विश्वमा कवरोना भाइरसको संक्रमण फैलिएको छ । खेलकुद क्षेत्रलाई पनि यसले असर गरेको छ । कतै खेल रोकिने कतै क्लोज डोर खेल हुने गरेको छ । नेपालमा पनि धेरै जसो खेल स्थगित भइसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग भने रोकेको छैन । धेरै दर्शक नहुने भएकाले यो रोकिएको छैन ।

तर करोनाको प्रभाव भने परेको छ । कोरोनाबाट बच्न खेलअघि खेलाडी र म्याच अफिसिलयहरुले हात मिलाउन छाडेका छन् र, नमस्ते गर्न थालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार मध्यपुर युथ एसोसियसन र ब्वाइज युनियन क्लब बीचको खेलमा यस्तै देखियो ।

दुवै टिमका खेलाडी र अफिसियलले हात मिलाएनन् बरु नमस्ते गरे ।

मध्यपुर र ब्वाइज युनियनको बराबरी

बी डिभिजन लिगमा मध्यपुर युथ एसोसियसन र ब्वाइज युनियन क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

बराबरीपछि लिगमा मध्यपुरले पहिलो अंक जोडेको छ । यसअघि मध्यपुरले लगातार तीन खेल हारेको थियो । ४ खेलबाट मध्यपुरले १ अंक जोडेको छ ।

ब्वाइज युनियनको पनि यो पहिलो बराबरी हो । यसअघि दुई जित र एक हारको नतिजा निकालेको ब्वाईज युनियनले ४ खेलबाट ७ अंक जोडेको छ ।

फागुन ११ गतेबाट शुरु भएको लिगमा १ २क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी चैत २३ गतेसम्म चल्ने लिगको विजेता टिम ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पूछारको एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय