
गत साताको शुक्रबार रिलिज भएको चलचित्र ‘थप्पड’ बक्स अफिसमा असफल ठहरियो । समीक्षात्मक रुपमा राम्रो मानिएको यस चलचित्रले बक्स अफिसमा भने कुनै जादु छर्न सकेन । तापसी पन्नु स्टारर यस चलचित्रले जम्मा २२ करोड कमायो ।
चलचित्रले राम्रो कमाई गर्न नसकेपछि धेरै मिडियामा चलचित्र फ्लप भएको समचार आए । तर, यस समचारलाई निर्देशक अनुभव सिंहले सहजै स्विकार्न सकेनन । बरु उल्टै अपशब्दको गाली लेखे ।
बलिउड मिडियामा एउटा समचार आयो, ‘दर्शकले थप्पडलाई मज्जाले थप्पड मारे’ । सोही समचारमाथि निर्देशक सिंहाले ट्विट गर्दै लेखेका छन्, ‘मेरो पैसा, मेरो चलचित्र । मेरो नाफा, मेरो घाटा । यसमा चासो राख्ने तँ को ? मैले तलाई सेयर दिनु पर्ने छैन होला । कि किनेको छस् ? चलचित्र हेर अनि राम्रो नराम्रो भन्ने अधिकार पाउनेछस् ।’
निर्देशक सिंहा त्यतीमै रोकिएका छैनन् । उनले अपशब्द प्रयोग गर्दै लेखेका छन्, ‘यो मान्छेलाई मैले भन्दा पहिला मेरो चलचित्रको कमाई पत्तो हुने रहेछ । मैले २-३ दिनमा पाउने उसले त्यहीँ दिन पाउने रहेछ ।’
जतिले चलचित्र हेरेका छन्, चलचित्रलाई राम्रो नै प्रतिकृया मिलेको निर्देशक सिंहाको भनाई छ । विशेषगरी चलचित्रको विषयबस्तु र मुख्य नायिका तापसीको कामलाई दर्शकले रुचाएका छन् ।
प्रतिक्रिया 4