+
+

विप्लव समूहका बारा इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १८:३२

२६ फागुन, वीरगञ्ज । प्रहरीले नेकपा माओवादी विप्लव समूहका बारा जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४१ वर्षीय ईन्द्रबहादुर नकडोली पक्राउ परेका हुन् । नकडोली विप्लव समूहको बारा जिल्ला ईन्चार्ज तथा नारायणी ब्युरो सदस्य रहेको दाबी प्रहरीले गरेको छ ।

नकडोलीलाई फागुन २५ गते गते आइतबार बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजारबाट पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । प्रहरीले नकडोली सवार बा २७ प १९९१ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीकोे ६ थान मोबाइल र ६ थान नेपाल टेलीकमको सिमकार्ड समेत बरामद गरेको छ ।

त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको अपिल लेखेको पर्चा पप्पलेट ५०० प्रति, ‘२५ औ जनयुद्ध दिवस मनाऔं’ भन्ने व्यहोराको केन्द्रीय कार्य समितिको पर्चा पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धी किताब २ थान र केन्द्रीय कार्य समितिको सदस्यता वितरण फारम २ प्रति समेत बरामद भएको बारा प्रहरीले जनाएको छ ।

नकडोली गत पुष १५ गते राति साढे ११ बजे बारा जितपुर सिमरा–१६ मा रहेको एनसेलको टावरमा आगजनी गर्ने घटनामा संलग्न रहेको डीएसपी मिश्रले बताए । ‘टावर आगलागीको घटनामा नकडोलीको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो,’ उनले भने, ‘हामीले खोज्दै थियौं, आइतबार पक्राउ गर्न सफल भयौं ।’

विप्लवको समूहका कार्यकर्ताहरुले आगो लगाउँदा टावरमा रहेको फिडर केवल तार जेनेरेटर, एलटी, प्यानल पूर्णरुपमा जलेर क्षति भएको थियो । विप्लवकै टोलीले जीतपुरसिमरा–११ फत्तेपुर स्थित एनसेलको टावरमा समेत आगो लगाई जलाउने प्रयास गरेका थिए ।

नकडोलीविरुद्ध आपराधिक उपद्र मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?