Comments Add Comment

बबिन स्मृति ब्याडमिन्टनकाे उपाधि शसिन र दिपेशको जोडीलाई

काठमाडौं । ललितपुरका शसिन डङ्गोल र दिपेश शाक्यको जोडीले दशौं संस्करणको बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

किङ्गकम क्लब बानेश्वरको आयोजनमा सोमबार भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका विकास चन्द्र राई र यम रानाको जोडीलाई २१-१८, ११-२१, २१-१८ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । विजेता र उपबिजेताले नगद ४० हजार र २५ हजारसहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।

तेश्रो स्थानमा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।

भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डीबी लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

दोश्रो स्थामा पेप्सी क्लवका कृष्णराम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा वाणगंगा क्लवका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजारसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment