+
+
Shares

सुनको मूल्यमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते ११:२१

२७ फागुन, काठमाडौ । तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यमा मंगलबार पुनः नयाँ कीर्तिमान बनेको छ । मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो । बिहेको लगन पनि सकिनै लागेको र चुलिँदो मूल्यले गर्दा सुन किन्ने ग्राहक संख्य अत्यन्तै न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्ला वर्षहरु फागुन महिनामा दैनिक ४० किलोसम्म बिक्री हुने सुन यस पटक मुस्कीलले १० देखि १५ किलो हाराहारी मात्रै बिक्री हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?