Comments Add Comment

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

२७ फागुन, विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१२ मलंगवाकी ७० वर्षीया सगुत्री ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ७२ वर्षिय ७२ वर्षीय परण ऋषिदेव पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो श्रीमान श्रमतीबीच सामान्य घरायसी विवाद भएको थियो । मदिरा सेवन गरी घर पुगेका परणले सामान्य विवादमा श्रीमतीलाई दाउराले प्रहार गरेका थिए । दाउरा प्रहारबाट पाँच वर्षयता प्यारालाइसिसका कारण अपाङ्गता जीवन विताइरहेकी सगुत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या भएको खबर प्रहरीले सोमबार साँझ मात्र पाएको थियो ।

श्रीमतीको हत्या गरेका परणले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको प्रहरीले जनाएको छ ।

ऋषिदेव दम्पत्तिका तीन छोरा मध्ये दुई अशक्त छन् । एक छोराले ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका थिए । हत्या आरोपमा पक्राउ परेका वृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment