+
+
Shares

छोरीको ट्रोल गर्नेमाथि भड्किइन् काजोल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १३:०९

नायिका काजोल अभिनित ‘तानाजी’ चलचित्रले बक्स अफिसमा २ सय ७५ करोड भन्दा बढी कमायो । उनै, काजोल अभिनित अर्को चलचित्र ‘देवी’ सार्वजनिक भैसकेको छ । यो चलचित्रले विशेषगरि, महिलाहरुको समस्यालाई उठान गरेको छ । चलचित्रले समाजमा महिलाहरुलाई समान व्यवहार गर्न प्रेरित गरेको छ ।

भारतीय मिडियासँग कुरा गर्दै काजोलले छोरी न्यासामाथि ट्रोल गर्नेहरुलाई कडा जवाफ दिएकी छिन् । उनले भनेकी छिन्–‘मलाई लाग्छ कि यो एउटा भयानक समय हो । आमा–बुबा हुनुको नाताले यदि तपाइका सन्तान समस्यामा पर्छन् भने उनीहरुको रक्षा गर्न आवश्यक छ । छोरीमाथि ट्रोल हुँदा म निराश हुन्छु ।’

उनले, छोरी न्यासामाथि ट्रोल हुँदा उनी सिंगापुर भ्रमणमा रहेको पनि उल्लेख गरेकी छिन् । तर, सामाजिक संजालबाट जोखिन सहज नभएको काजोलको तर्क छ । उनले भनिन्–‘यस्ता ट्रोलहरुलाई सम्हाल्नका लागि व्यक्ति आफै नै जागरुक हुनुपर्छ । यो समाजको सानो पाटो मात्र हो र यसलाई खासै वास्ता गर्नु हुँदैन ।’

काजोलले आफ्नो छोरालाई महिलाको सम्मान गर्न सिकाइरहेको बताउँदै छोरीलाई पनि आफ्नो सम्मान गर्न सिकाउन आवश्यक रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?