+

बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा

२०७६ फागुन  २७ गते १८:५५ २०७६ फागुन २७ गते १८:५५
बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा

काठमाडौं । कोरोना भाइरसको कारण च्याम्पियन लिगका खेलहरु प्रभावित बनेका छन् । कोरोनाकै कारण युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा खेलाइने भएको छ ।

बार्सिलोना र नापोलीबीच यही मार्च १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुने अन्तिम १६ को दोस्रो लेगको खेल बन्द रंगशालमा खेलाइने भएको हो ।

यो निर्णयपछि घरेलु मैदानमै हुने खेल बार्सिलोनाको समर्थकले हेर्न नपाउने भएका छन् । बार्सिलोना र नापोलीबीच पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

यसअघि नै स्पानिस क्लब भ्यालेन्सिया र इटालिनय क्लब एटलान्टाबीचको खेल बन्द रंगशालमा खेलाइने निर्णय भइसकेको छ । यस्तै पीएसजी र बोरुसिया डर्टमण्डबीचको खेल पनि बन्द रंगशालमा हुनेछ ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय