Comments Add Comment

टुटल र पठाओ बन्द गराउन ट्याक्सीवालाले घेरे यातायात विभाग

२७ फागुन, काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै विभागलाई चर्को दवाव दिएका छन् ।

व्यवसायीहरुले यस्ता सेवा बन्द गराउन पहल नगरेसम्म घेराउ जारी राख्ने चेतावनी दिएपछि विभागले मंगलबार साँझ विभागले निजी सवारीसाधनले भाडाको सवारी बेक्न नपाउने आशयको सूचना जारी गरेको छ ।

टुटल र पठाओको नाम उल्लेख नगरी विभागले कानूनी व्यवस्था स्मरण गराउँदै निजी सवारी साधनले यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज केन्द्रिय सदस्य विष्णु चौहानले विभागले सूचना मात्रै जारी गरेर नहुने बताए । उनले सेवमा रोक लगाएर ट्याक्सी चालक तथा व्यवसायीलाई न्याय दिनुपर्ने बताए ।

फोटो : चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment