Comments Add Comment

निजी आवास पुनर्निर्माण अनुदान लिने अवधि थप

२७ फागुन, काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार छूट तथा पुनः जाँच सर्वेक्षण २०७५/७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्ने भएको छ ।

छूट तथा पुनः जाँच सर्वेक्षणबाट लाभग्राही कायम भएकाबाहेक सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले समेत अब चैत मसान्तभित्र पहिलो किस्ता लिन सक्नेछन् ।

तर, यसका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस लिएर पुनर्निर्माण जिल्ला सहजिकरण समितिबाट निर्णय गराउनु पर्नेछ । अघि नै लाभग्राही कायम भएकालाई प्राधिकरणले पटक-पटक अवसर दिँदै आएको भएपनि कतिपय लाभग्राहीले पुनर्निर्माण अगाडि बढाएका छैनन् ।

उनीहरुले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ । माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।

तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ । यी सबै लाभग्राहीले तेस्रो किस्ता भने मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो ।

यसअघि प्राधिकरणले पुनः जाँच तथा छूट सर्वेक्षणबाट कूल ७ हजार ४ सय ९४ लाभग्राही थप गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment