Comments Add Comment

खाना संस्कृति : कुन देशमा कस्तो र कसरी खाइन्छ ?

खानपानले मानिसलाई धेरै कुरामा असर पारिरहेको छ । कहिलेकाहीँ सही खानेकुरा छनोट गर्न नसक्दा विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपरेको उदाहरणहरु धेरैतिर देख्न सकिन्छ । अमेरिकी समाचार संस्था सीएनएनले विश्वका विभिन्न देशहरुको खानाको बारेमा रिपोर्ट तयार पारेको छ । कुन देशको खाना कस्तो हुन्छ त ?

१. इटाली

इटालीको खाना विश्वभर नै रुचाइन्छ । यहाँको खानामा गहुँको पिठो र गुलियो परिकार, टमाटरको सस पनि समावेश हुन्छन् । यस किसिमका खाना बनाउन पनि निकै सजिलो छ । केही चाउचाउ लिनुहोस्, त्यसमा तेल हाल्नुहोस्, लसुन लिनुहोस्, टमाटरको सस पनि लिनुहोस् र चाउचाउ बनाउनुहोस् । यसबाट एउटा पार्टी नै गर्न सकिन्छ । यहाँको खानामा मानिसहरुले सहज पनि अनुभूति गर्छन् । इटालीको पिजा, कफी, भैंसीको दुधबाट बनाइने ‘बफेलो मोजारेला’ निकै विशेष मानिन्छन् ।

२. चीन

खानेकुराको परिकारमा चीन निकै धनी मानिन्छ । चीनमा कुनै पनि खाना पकाउने र बिक्री गर्ने मात्र गर्दैनन् । उनीहरु यसलाई व्यावसायिक भावनाबाट हेर्छन् र आकर्षक बनाउँछन् । चीनमा स्थानीय खाना केही सस्तो पनि पाइन्छ । चीनमा सबै किसिमका मानिसलाई उचित हुने खाना पाइन्छ । चीनको सुँगुरको मासुको परिकार, मो:मो जस्तै परिकार डिम सम, रोस्ट गरिएको हाँस र सुँगुरको मासु तथा शार्कको सुप विशेष मानिन्छ ।

३. फ्रान्स

फ्रान्समा पेट भर्नका लागि मात्र नभएर वास्तविक स्वादका लागि बनाइन्छ । उनीहरु राम्रो खानामा विश्वास गर्छन् । फ्रान्समा वाइन र चीज निकै प्रख्यात छ । फ्रान्सको केकको एक प्रकारको माकारोन्स, पिठोको प्रयोग गरेर बनाइने बगेट, हाँसको मासुबाट बनाइने फोइग्रेसलगायत खाना विशेष मानिन्छ ।

४. स्पेन

खानेकुरालाई लिएर स्पेनको पनि छुट्टै परम्परा छ । यहाँ पनि छोटो छोटो समयमा खाइरहने संस्कृति छ । यहाँ मुख्य खानाको बीचबीचमा धेरैपटक स्न्याक्सको रुपमा विभिन्न परिकार खाने चलन छ । यहाँ फलफूलदेखि समुद्री खाना धेरै रुचाइन्छ । यहाँ सुँगुरको मासुबाट बनाइने जामोन एबेरिको, पिठोबाट बनाइने चुरोस र काँचो फलफूल तथा तरकारीबाट बनाइने एक प्रकारको सुप गाज्पाचो विशेष परिकार हुन् ।

५. जापान

जापानमा परिकारलाई कसरी विशेष बनाउने भन्ने ध्यान खाना पकाउनेलाई हुन्छ । त्यसैले जापानमा पाइने खानामा विशेष स्वाद र सन्तुष्टि पाइन्छ । जापानमा मौसमअनुसार उचित हुने गरी विभिन्न परिकारहरु बनाइन्छ । जापानमा मिसो सुप, माछाको नपकाइएको मासुकको परिकार सुशी र साशिमी, समुद्री खाना र तरकारीबाट बनाइएको परिकार टेम्पुरा र एक विशेष प्रजातिको माछा फुगुको मासु यहाँको विशेष परिकार हो ।

६. भारतखानाको हिसाबमा भारतीय खानालाई पनि विश्वमा धेरै रुचाइन्छ । यहाँको खाना खाँदा यसको वास्तविक स्वाद र पाचन प्रणालीमा पनि सहयोग पुग्ने बताइन्छ । साकाहारी खानेकुरामा पनि भारत सबैभन्दा अगाडि छ । भारतको दाल, चामल र मासको मिश्रणबाट बनाइने डोसा, चिया विदेशीहरुले खुब रुचाउँछन् ।

७. ग्रीस

ग्रीसमा खाना खाँदै भ्रमणको गर्नुको छुट्टै आनन्द छ । जैतुनको तेल यहाँको सबैभन्दा धेरै निर्यात हुने कुरा हो । यहाँको इतिहाससँग जोडिएका अन्य खानाले पनि मानिसको मन जित्ने गरेको छ । यहाँको जैतुनको तेल प्रयोग गरिएको खाना, पीठो र चीज प्रयोग गरेर बनाइएको स्पानाकोपिटा, मासुबाट बनाइएको गायरोस र बन्दा, प्याज र चामलबाट बनाइएको लाचानोरिजो यहाँको विशेष खाना हुन् ।

८. थाइल्याण्ड

एकै खानाको धेरै किसिमको प्रकार हुनु थाइल्याण्डको विशेषता हो । चीन, मलेसिया, इन्डोनेसिया, म्यानमारजस्ता मुलुकको प्रभाव पनि केही मात्रामा परेको हुनाले यहाँको खानाको स्वाद पनि विशेष हुन्छ । स्थानीय थाई सुप टोम यम, स्थानीय तरकारी मसामान करी, मेवाको विशेष किसिमको सलाद सोम टाम र माछाको मासु प्ला सोम यहाँको विशेष खानेकुरा हुन् ।

९. मेक्सिको

खानेकुराको मामिलामा मेक्सिको पनि अगाडि छ । मेक्सिकोमा कुनै पनि मुलुकका परिकार पाइन्छ । यहाँ पुगेपछि तपाईंले आफ्नो रोजाइ अनुसारको खानेकुरा खान सक्नुहुन्छ । तर, पनि यहाँको खुर्सा, मसला, चकलेट प्रयोग गरेर बनाइएको मोल, सुँगुरको मासुबाट बनाइएको टाकोस अल पास्टर, पातमा बेरेर दिइने परिकार तमाले र तोस्तादाजस्ता खाने यहाँ विशेष मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment