Comments Add Comment

‘बधाई दो’मा राजकुमार र भूमी

बलिउडमा निकै रुचाइएको चलचित्र हो, ‘बधाई हो’ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको यो चलचित्रले राष्ट्रिय अवार्ड समेत हात पारेको थियो । समीक्षात्मक रुपमा पनि अब्बल बनेको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।

अब भने सोही चलचित्रको सिक्वेल भन्ने भएको छ । सिक्वेल चलचित्रको नाम ‘बधाई दो’ राखिएको छ । यो चलचित्रले ‘बधाई हो’को कथालाई निरन्तरता दिनेछैन । चलचित्रलाई कमेडी जनरामा बनाउने तयारी निर्माणपक्षले गरेको छ ।

यो चलचित्रको लागि नायक राजकुमार राव र नायिका भूमि पेन्डेकर पक्का भएका छन् । राजकुमार र भूमिले यसै चलचित्रमार्फत पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । कथावस्तु राम्रो भएपछि भूमी र राजुकमार काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्रलाई हर्षवद्र्धन कुलकर्णीले निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment