+
+

डिस्चार्ज भइन् प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १६:४९
Photo Credit : प्रमका प्रेस सल्लाहकार

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।

त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दान गरेकोमा उनलाई धन्यवाद दिएका थिए ।

गत बुधबार समीक्षाको एउटा मिर्गौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?