Comments Add Comment

नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा

२८ फागुन, पोखरा । नेपाल पुलिस क्लब १८औं रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३-० ले स्तब्ध पार्दै फाइनल यात्रा निश्चित गरेको हो ।

सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिसका भरत शाहले खेलको ८औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । आक्रामक शैलीमा खेलेको क्लबले ५१ औं मिनेटमा नीरकुमार राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको ७१ औं मिनेटमा राईले पुन: दोश्रो गोल गर्दै खेललाई ३-० को अग्रता दिलाए ।

खेलको दोश्रो हाल्फमा केही सुधारसहित मैदान प्रवेश गरे पनि थ्रीस्टारले कुनै गोल फर्काउन सकेन । खेल अवधिभर थ्रीस्टारले पाएका सुन्दर मौकालाई समेत चुम्न नसक्दा थ्रीस्टार क्लबको फाइनल यात्रा रोकिएको हो । १६औं आहा रारा गोल्डकप फाइनल खेलमा नेपाल पुलिस क्लबसँग थ्रीस्टार १-० ले पराजित भएको थियो ।

अघिल्लो संस्करणमा थ्रीस्टारले ट्राइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ५-४ ले पराजित गर्दै उपाधि चुमेको थियो । नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब दुवैले आहा रारा गोल्डकप उपाधि ५ /५ पटक जितेका छन् ।

बिहीबार दोश्रो सेमिफाइनल खेल अन्तर्गत फाइनल यात्राका लागि साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment