Comments Add Comment

सुरु भयो ‘२ नम्बरी’को छायांकन

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको छायांकन धमाधम भैरहेको छ । चलचित्र ‘परदेशी २, ए मेरो हजुर ४’को छायांकन अगाडि बढिरहेको छ ।

अब, चलचित्र ‘२ नम्बरी’को पनि छायांकन सुरु गरिएको छ । पोखरामा आजबाट चलचित्रको छायांकन सुरु भएको हो । दिपेन्द्र लामाको निर्देशनमा तयार हुने यो चलचित्रलाई ३५ दिन खिचिनेछ । सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो दृश्य दिएका छन् । चलचित्रका मुख्य २ कलाकार नायक पल शाह र नायिका वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । यो चलचित्रले २ साथीको मित्रताको कथा भन्छ ।

यो चलचित्र आउँदो बर्षको जनै पूर्णिमामा रिलिज हुनेछ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ यो चलचित्रको कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment