Comments Add Comment

अक्षय कुमारको ‘सूर्यवंशी’ पनि पछि सर्यो

विश्भवर महामारीको रुपमा देखिएको कोरोना भाइरस त्रासका कारण विश्वका चलचित्र निर्माताहरुले आफ्नो चलचित्रको रिलिज मिति पछि सारिरहेका छन् । यसैविच, मार्चको २७ तारिखबाट रिलिज हुन लागेको निर्देशक रोहित सेट्टी निर्देशित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति पछि सारिएको छ ।

निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै कोरोनाको कारण पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको भन्दै चलचित्रको प्रदर्शन मिति पछि सारेको हो । अर्कोतिर, भारतका विभिन्न राज्यका सरकारहरुले सिनेमा हल बन्द गर्ने निर्णय पनि गरिसकेका छन् । यसैले, फ्रेस चलचित्रलाई यसले असर गर्ने निश्चित छ ।

नायक अक्षय कुमारले पनि जनताको स्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै ट्विट गरेका छन् । चलचित्रको ट्रेलर रिलिजमा भव्य कार्यक्रम गरेको यसको निर्माणपक्षले गीत सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेको थियो । अब, यो चलचित्र कहिले रिलिज हुन्छ पक्का भएको छैन ।

चलचित्रमा नायिका कट्रिना कैफको मुख्य भूमिका छ । नायकद्धय अजय देवगण र रणवीर सिंह चलचित्रमा विशेष भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment