Comments Add Comment

आयुर्वेदका कुरा : सम्पूर्ण पोषक तत्व यी दुई आहारमै

आयुर्वेदमा धेरै औषधि एवं दैनिक उपभोग्य सामग्रीहरुको समेत उल्लेख गरिएको छ । तर, त्यो मध्येपनि दुध र महको बारेमा भने आयुर्वेदले धेरै उल्लेख गरेको छ । दुध हाम्रो स्वास्थ्यको लागि सबैभन्दा महत्वपूर्ण पेय पदार्थ हो र महपनि त्यस्तै अति महत्वपूर्ण कुरा हो ।

हरेक किसिमका खानामा पाइने पौष्टिक तत्वहरु एउटा अर्यानिक दुध र महमात्रैको सेवनबाट पनि प्राप्त गर्न सकिने आयुर्वेदमा उल्लेख छ । चरक संहिताले दुध र महलाई विशेष खानाको रुपमा अथ्र्याएको छ । चरक लगायत अरु पनि ऋषिहरुले भनेका छन् कि आयुर्वेदमा दुई प्रकारका खानाहरू हुन्छन् । जसलाई आफैंमा पूर्ण आहारको रुपमा मान्ने गरिन्छ । सम्पूर्ण आहार आहार एक व्यक्तिको खानाको लागि एक व्यक्तिलाई चाहिने पोषणको मात्रा यी दुई खानामा धेरै हदसम्म समेटिन्छ भन्ने मान्यता छ । तर, यसको मतलब यो होइन कि सबै खानाहरु छाडेर यही दुईवटा खानामा मात्रै ध्यान दिनुहोस् ।

दुधमा पाइन्छ यी नौ पौष्टिक आहार

डेरीसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्थाहरुले तयार पारेको रिपोर्ट अनुसार दुधमा नौवटा अत्यावश्यक पौष्टिक तत्वहरू हुन्छन् । जसले हाम्रो स्वास्थ्यमा सकारात्मकताको सञ्चार गराउने गर्छ । त्यस्ता आवश्यक तत्वहरूले हाम्रो शरीरलाई सुदृढ र स्वस्थ राख्न जिम्मेवार भूमिका खेल्छ । यसमा क्याल्सियम, प्रोटिन, पोटासियम, फस्फोरस, नियासिन, राइबोफ्लेभिन, भिटामिन–डी, भिटामिन ए र भिटामिन बी समेत पाउने गरिन्छ ।

वजन नियन्त्रणका लागि दुध

यो कुरालाई विश्वास गर्न अलि गाह्रो हुनसक्छ । तर, स्वास्थ्य विशेषज्ञहरूका अनुसार दूध पिउँदा हाम्रो वजन नियन्त्रणमा रहन्छ । क्यानाडाको ब्रोक विश्वविद्यालयका एप्लाइड हेल्थ साइन्सेजका एसोसिएट प्रोफेसर ब्रायनका अनुसार दुधमा पाइने सबै पोषक तत्वहरूले हाम्रो सम्पूर्ण स्वास्थ्यलाई पोषण दिन्छ ।

दुधले बोसो कम गर्न मद्दत गर्छ

चिकित्सकहरुका अनुसार तौल उठाउने व्यायाम पछि दूध पिउने युवाहरूको शरीरमा बोसो द्रुत गतिमा कम हुने गर्छ । मांसपेशीहरू छिटोछिटो उत्पादन हुन्छन् । युवाहरू जो व्यायाम पछि दूध जस्तै सूक्ष्म पोषकतत्व लिन्छन् । उनीहरुको मांसपेशीको विकास दर अरुकोभन्दा बढी हुन्छ ।

दिनमा कति पिउने दूध ?

एक व्यक्तिले दुग्धको कतिसम्म दैनिक उपभोग गर्नु राम्रो भन्ने दुध पिउने व्यक्तिको दैनिक जीवनीमा आधारित हुने गर्छ । शारीरिक रुपले काम गरिरहेका व्यक्तिहरूको पाचन काम नगरी बस्नेहरुकोभन्दा राम्रो हुन्छ भन्ने मान्यता छ । यदि एक कप दूध हरेक दिन लिन सकिन्छ भने त्यो सबै मानिसहरुको लागि राम्रो हुने गर्छ ।

महको फाइदा

मह पोषक तत्वले धनी एक किसिमको औषधि समेत हो । यसमा फ्रुक्टोज, ग्लूकोज माल्टोज, क्यालोरी र चिनीको मिश्रण रहेको हुन्छ । विज्ञहरूका अनुसार महमा फ्याट र प्रोटिन हुँदैन । बरु, मह एन्टिअक्सिडेन्टको समेत धनी खानेकुरा हो । जसले हृदयघात जस्ता रोगलाई समेत कम गर्ने गर्छ । महले तुरुन्तै उर्जा दिने गर्छ । हामी सबैलाई यो कुरा थाहा छ । तर धेरै कम मानिसहरूलाई थाहा हुनसक्छ कि महले मानिसको गुणधर्मलाई बढाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment