+
+

गुटको भेला रोक्न शेखर कोइरालालाई देउवा पक्षको दबाब

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १३:२२

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलनहरु रोकिएका बेला गुटको भेला गर्दै हिँडेको भन्दै नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्किन निर्देशन दिएको छ ।

कांग्रेस कार्यकर्ता भेटघाट गर्ने क्रममा गोरखा पुगेका डा. कोइरालालाई सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रवक्ता विश्वप्रकाश शर्माले सबै भेला बैठक रोकेर काठमाडौं फर्किन भनिएको स्रोतले बतायो ।

अर्को वर्ष हुने कांग्रेसको १४ औं महाधिवेशन नेताहरुलाई लागिसकेको छ । डा. शेखर कोइराला सभापतिका दाबेदार हुन् । उनले देशभर पुगेर कार्यकर्ता भेटघाट गरिरहेका छन् । यही सिलसिलामा उनी शुक्रबार गोरखा पुगेका हुन् ।

गोरखामा शुक्रबार कांग्रेसका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिका सभापति, भातृ संगठन, स्थानीय तह र वडा सभापतिहरुलाई पार्टीको नयाँ विधानबारे जानकारी गराउन छलफल कार्यक्रम थियो ।

कोइराला उक्त कार्यक्रममा सहभागी हुन शुक्रबार पोखराबाट गोरखा पुगेका हुन् ।

कोइरालाले चैत अन्तिम साता नेपालगञ्जमा आयोजना हुने भनिएको नेपाल प्रेस युनियनको अधिवेशन रोक्न नहुने बताएपछि देउवा पक्ष उनीप्रति आक्रोशित बनेको स्रोतले जनाएको छ ।

सरकारले सभा सम्मेलनहरु नगर्न भनेपछि प्रेस युनियनको अधिवेशन पनि रोकिँदैछ ।

पार्टीले कोरोनाविरुद्धको अभियानमा सरकारलाई सहयोग गरेर औपचारिक कार्यक्रम रद्द गरेका बेला केही नेताले गुटका भेला गर्दै हिँडेपछि मौखिकरुपमा तत्काल काठमाडौं फर्किन निर्देशन दिइएको देउवा निकट स्रोतले अनलाइनखबरलाई बतायो ।

‘यस्तो बेलामा तपाई आफैं चिकित्सकजस्तो मान्छे कोरोनाका बारेमा जनचेतना जगाउनुपर्नेमा गुटको भेला गर्दै हिँड्न सुहाउँदैन भनेर सम्झाइएको हो’ स्रोतले भन्यो ।

केन्द्रीय कार्यालयले डा.कोइरालालाई सभा सम्मेलनहरु नगर्ने भनी पार्टीले जारी गरेको परिपत्रबारे पनि सम्झाएको छ ।

प्रवक्ता शर्माले भने डा. कोइरालालाई भेला बैठकमा हिँड्दा कोरोनाको संक्रमणबाट जोगिने उपायबारे पनि कार्यकर्तालाई बताउन आफूलाई सुझाव दिएको बताए ।

कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले पनि कोइरालालाई पार्टी केन्द्रको सर्कुलर सम्झाएको स्रोतले बतायो ।

तर, गोरखाका कांग्रेस नेताहरुले भने डा. शेखर कोइराला जिल्लामा नआए पनि पूर्वनिर्धारित कार्यक्रम नरोकिने भएकाले रोक्न निर्देशन दिइनु असान्दर्भिक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?