Comments Add Comment

युईएफएको बैठक मार्च १७ मा, युरोकप सर्न सक्ने !

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले विश्वभर फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणकको कारण सन् २०२० को युरो कप फुटबल लगायत प्रतियोगिताको बारेमा सदस्य राष्ट्रसंग छलफल गर्ने भएको छ ।

यही मार्च १७ मा ५५ वटै सदस्य राष्ट्रसँग युरो २०२० लगायत सबै खाले युरोपियन प्रतियोगिताको बारेमा छलफल गर्ने युईएफले जनाएको छ । ऐडियो कन्फ्रेन्सबाट सदस्य राष्ट्रसंग छलफल गर्ने युइएफएले जनाएको छ ।

युरोकप एक वर्ष पछि सार्ने अप्सनको बारेमा पनि छलफल हुन सक्ने बीबीसीले जनाएको छ ।

पहिलो पटक युरोकप एक भन्दा बढी देशमा हुन लागेको हो । युरोकप २०२० आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ । तर कवरोनाकै कारण युरो सर्ने सम्भावना बढेको हो ।

कोरोना भाइरसको असर यसअघि नै युरोपिय फुटबलमा परिसकेको छ । इटलीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित भइसकेको छ । स्पेनमा ला लिगा दुई सातालाई स्थगित भइसकेको छ । यस्तै युरोपियन च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिड र म्यानचेष्टर सिटी तथा युभेन्ट्स र लियोनबीच हुने अन्तिम १६ को दवस्रो लेग खेल स्थगित भइसकेको छ ।

च्याम्पियन्स लिगकै केही खेल दर्शक नभएको रंगशालमा खेलाइएको थियो । युरोपा लिगको खेलहरु पनि स्थगित भइरहेको छ । यस्तै इटली, स्पेन, इंग्लयाण्डमा फुटबल खेलाडीहरुमा पनि कवरोना भाइरसको संक्रमण देखिन थालेको छ । रियल मड्रिडका खेलाडीहरु क्वारेन्टाइनमै बस्नुपर्ने अवस्था आएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ भने विश्व खेलकुद पनि प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment