+
+
Shares

मलाइकाको पहिरनको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १४:०५

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोडा पहिरनका कारण सधै नै चर्चामा रहन्छिन् । मलाइकाले जीममा पुग्दा लगाउने पहिरनले चर्चा पाइरहेको हुन्छ । उनी, फेरि एकपटक जीममा लगाएको पहिरनका कारण चर्चामा आएकी छिन् ।

जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ । यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन् ।

कतिपयले उनलाई किम कार्दशियनको सस्तो रुप भन्दै आलोचना गरेका छन् भने कतिपयले अहिलेसम्मकै झुर पहिरन भनेर आलोचना गरेका छन् । कतिपयले उनलाई आफ्नो उमेर पनि हेर्न भन्दै प्रतिक्रिया दिएका छन् ।

आइटम गर्ल मलाइका अरोरा खान जीममा विशेष ध्यान दिन्छिन् । ४६ बर्षकी यी सुन्दरी जीमसँगै योगा पनि गर्छिन् । यसैले, ४६ बर्षको उमेरमा पनि उनको सुन्दरता कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?