+
+
Shares

मोदीको प्रस्ताव : सार्कको नेतृत्वमा कोरोनाविरुद्ध लडौं

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १४:११

३० फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्ककको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गरेका छन् ।

शुक्रबार ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन् ।


उनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका छन् । मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका छन् ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?