Comments Add Comment

कोरोनाबाट पाँच हजारभन्दा बढीको मृत्यु, ७० हजार निको भए

३० फागुन, काठमाडौं । नोवल कोरोना (कोभिड-१९) भाइरसका कारण साढे दुई महिनामा पाँच हजार भन्दा बढीको ज्यान गएको छ । ३१ डिसेम्बरमा चीनको हुवे प्रान्तबाट सुरु भएको यो भाइरसका कारण शुक्रबार साँझसम्म ३९ देशमा पाँच हजार ८० जनाको मृत्यु भएको हो ।

१३२ देशमा फैलिएको कोभिड-१९ बाट सबैभन्दा बढी चीनमा ३ हजार १७७ जनाको ज्यान गएको छ । चीन बाहिर मृत्यु हुनेको संख्या एक हजार ९०३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य माहामारी घोषणा गरेको कोरोनाको संक्रमण देखिएका मध्ये ७० हजार ७१६ जना निको भइसकेका छन् । सबै देशमा गरेर ६२ हजार ३६० जनामा मात्रै कोरोनाको संकेत बाँकी रहेको छ ।

चीन नियन्त्रणतर्फ

चीनमा १३ हजार ४८७ कोरोना संक्रमित छन् । जबकी त्यहाँ ८० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको थियो ।

संक्रमित घट्दै गएपछि वुहानका अस्थायी अस्पताल बन्द गरिएका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २२ जना नयाँ संक्रमित देखिएका छन् ।

जबकी त्यो अवधिमा चीन बाहिर ३५ सय ७८ नयाँ संक्रमित फेला परे ।

यो पनि पढ्नुहोस भीआईपीमा कोरोना : डाक्टर र मन्त्रीदेखि उपराष्ट्रपतिसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment