Comments Add Comment

कोरोना भाइरसबाट भारतमा दोस्रो मृत्यु, ८२ जना संक्रमित

१ चैत, काठमाडौं । कोरोना भाइरस (कोेभिड १९) संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ । ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन् ।

कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो । उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment