Comments Add Comment

सिद्धार्थ राजमार्गका मोड फराकिलो बनाउन शुरु, आजबाट दैनिक ८ घण्टा बाटो बन्द

बुटवल–पाल्पा सडकखण्ड । फाइल फोटो

१ चैत, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर फराकिलो बनाउने काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको काम सुरु भएपछि आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेछ ।

दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जनाएको छ ।

तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।

डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले भने, ‘यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकिएको छ ।’

साँघुरा मोडका कारण सवारी दुर्घटना बढेपछि सडक डिभिजन कार्यालयले मोड काटेर फराकिलो बनाउने काम सुरू गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment