+
+
Shares

पारिश्रमिकको विषयमा प्रविशा भन्छिन्: ‘केही गीत सित्तैमा पनि गाएको छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते १४:४३

गायिका प्रविशा अधिकारी पछिल्लो समय व्यस्त गायिकामा पर्छिन् । चलचित्रको पर्श्व गायनदेखि आधुनिक गीतहरुमा पनि प्रविशालाई आवाज भर्न भ्याई-नभ्याई नै छ ।

धेरै निर्माता-निर्देशक तथा संगीतकारहरुले प्रविशाले महंगो पहरिश्रमिक लिने गरेको गुनासो गर्ने गर्छन् । आफू यसै क्षेत्रबाट बाच्नुपर्ने भएकाले पनि पारिश्रमिक राम्रै लिने गरेको प्रविशा स्विकार्छिन् । उनले भनिन्, ‘म अहिले पूर्ण रुपमा गायनमा सपर्पित छु । अब मलाई यतैबाट खर्च पुग्ने पैसा त आउनु पर्‍यो नि ।’

प्रविशा गायक-गायिकाले राम्रो पारिश्रमिक लिन सक्ने अवस्था रहेको बताउँछिन् । अहिलेको समयमा अन्य गायक गायिकाले राम्रो पारिश्रिमक माग्न सक्नुपर्ने उनको भनाई छ । उनले थपिन्, ‘आउने नयाँ पुस्ताले पनि यसैबाट बाच्न सकोस् । त्यो बाटो हामीले बनाइदिने हो ।’

प्रविशा निर्माताहरुलाई पारिश्रमिकको विषयमा भन्ने गर्छिन्, ‘तपाई सक्नुहुन्छ, त्यसैले दिनुस् ।’ नायिकामा लाखै रुपैयाँ खर्चिने निर्माताले गायिकाको स्वरको पनि राम्रो मुल्य चुकाउनु पर्ने प्रविशा बताउँछिन्‍ ।

आफूले पैसाकै लागि आजसम्म गीत गाउन नपरेको उनको भनाई छ । प्रविशा भन्छिन्, ‘मैले कतिपय राम्रो काम गर्ने सोच भएका तर पैसा नभएकाहरुको सित्तैमा गाइदिएको छु । तर, पैसाकै लागि भनेर गाएको छैन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?