Comments Add Comment

बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने ?

बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने धेरैअभिभावकको लागि टाउको दुखाइको विषय हो । विद्यालय पठाउँदा त्यसको असर उनीहरुमा समग्र जीवनभर पर्न सक्छ । शिक्षा र रोजगारीका साथै यसले मानिसको स्वभाव र मित्रतामा पनि असर पार्छ । सही विद्यालय र आवेदनको प्रक्रिया अभिभावकको सबैभन्दा तनावपूर्ण समय हो । यहाँ आफ्नो बालबालिकाको विषयमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषय उल्लेख गरिएको छ ।

धेरै अभिभावकले आफ्ना बालबालिकालाई सही उमेरमा विद्यालय पठाउनु जरुरी हुन्छ । धेरै सानो उमेरमा विद्यालय पठाउँदा पनि उनीहरुमा धेरै किसिमको समस्या आउने गरेको विभिन्न अध्ययनले देखाइसकेका छन् । यस्तोमा अभिभावकले आफ्ना बच्चालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने कुरा विचार गर्नुपर्ने हुन्छ ।

बच्चा विद्यालय जान तयार छ भन्ने कसरी थाहा पाउने ?

यो कुरा पत्ता लगाउने कुनै विशेष किसिमको सूत्र छैन । किनकी तपाईंलाई आफ्नो बच्चाको विषयमा धेरै कुरा थाहा हुन्छ । तर, त्यसको लागि निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ–

– उसले आफ्नो लुगा आफैं लगाउन सक्छ ?

– ऊ आफैं शौचालय गएर फर्किन सक्छ ?

– उसले सामान्य निर्देशन बुझेर पालना गर्न सक्छ ?

– ऊ नयाँ कुरा सिक्न उत्सुक छ ?

– ऊ एक समूह बनाएर खेल्न सक्छ ?

– अन्य बालबालिकासँग घुलमिल हुन सक्छ ?

बालबालिकाको लागि कसरी विद्यालयको लागि तयार गर्ने ?

बालबालिकालाई विद्यालय पठाउनुभन्दा पहिला धेरै कुरा सिकाउनुपर्छ । तपाईं उनीहरुको सामाजिक क्षमताको विषयमा तपाईंलाई चिन्ता लाग्छ भने कुनै संगठित गतिविधिमा उनीहरुलाई सामेल गराउनुपर्छ । साथै उनीहरुलाई अन्य बालबालिकासँग पनि खेल सिकाउनुपर्छ । तपाईंलाई आफ्नो बालबालिकाले शिक्षकले सिकाएको कुरा राम्रोसँग बुझ्दैन भन्ने लाग्छ भने उनीहरुलाई उनीहरुलाई निर्देशन सिकाउन केही खेल घरमा नै खेलाउन सकिन्छ । जसमा उनीहरुलाई एउटा कपको पानी अर्कोमा खन्याउने जस्ता सामान्य र रमाइलो कुरा गर्न लगाउनुपर्छ ।

कुन विद्यालयमा पढाउने ?

धेरै अभिभावकको लागि सबैभन्दा ठूलो समस्या आफ्ना बालबालिकाको लागि सबैभन्दा राम्रो विद्यालय कुन हो भनेर छान्नु हुने गरेको छ । त्यसको लागि आफ्नो घर नजिकैका विद्यालयहरुको सूची बनाउनुपर्छ । त्यसपछि विद्यालय छनोट गर्दा पढाइको गुणस्तर र बालबालिकाले अध्ययनमा कुनै समस्याको सामना गर्नु नपरोस् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । त्यसका साथै उक्त विद्यालयमा अर्को कुनै बालबालिकाले अध्ययन गरेको छ भने त्यसलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।

अभिभावकले आफ्नो बालबालिकालाई कुनै पनि विद्यालयमा पढाउनुभन्दा अगाडि उक्त विद्यालयको भ्रमण गरी उक्त विद्यालयको विषयमा धेरै कुरा बुझ्ने प्रयास गर्नुपर्छ । साथै विद्यालयको सबै विवरण राम्रोसँग अध्ययन गर्ने गर्नुपर्छ । उक्त विद्यालयका विद्यार्थीले कसरी अध्ययन गरिरहेका छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । साथै यो विद्यालयमा आफ्ना बालबालिकालाई पढाइरहेका अन्य अभिभावकहरुसँग पनि यस विषयमा छलफल गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment