+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खाना चम्चाले खाने कि हातले ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:३३

भुईंमा पलेटी कसेर हातले खाना खानु पूर्वीय संस्कृतिको परिचय हो । चम्चाले खाना खाएको स्वाद र हातले खाना खाएको स्वाद आफैंमा फरक हुन्छ । टेबुलमा बसेर खाएको खाना र भुईंमा बसेको खानामा आफैंमा फरक हुन्छ ।

सिद्धार्थ गौतमले आफ्ना शिष्यहरुलाई सुझाव दिने समयमा भनेका थिए ‘खाना खाने समयमा खानामा नै ध्यान केन्द्रित गर्नुपर्छ ।’ पूर्वीय शास्त्रहरुले एक गास खानालाई ३२ पटक चपाएर खाएको खानाले पाचन प्रणालीलाई स्वस्थ राख्ने र त्यसले शरीरलाई समेत आवश्यक पौष्टिकता दिने उल्लेख गरेको छ ।

खाना खाने बेलामा चम्चाले खाने या हातले ? यो जिज्ञासा धेरैलाई हुनसक्छ । पार्टी, सभा समारोहमा सहभागी हुँदा वा पाहुना लाग्न जाँदादेखि आफ्नै घरमा नियमित खाना खाँदा पनि हातले खाना खाने वा चम्चाले ? भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । हातले खाना खाने बानी परेकाहरुलाई पार्टीमा चम्चाले खाएको खानाले धित मार्न सक्दैन । तर, विभिन्न अध्ययनहरुले चम्चाले भन्दा हातले खाएको खाना बढी लाभदायक हुने उल्लेख गरेको छ ।

चम्चाले खाना खानु बच्चा वा उमेरदार मानिसको लागि समेत फाइदाजनक नहुने विभिन्न अध्ययनहरुले जनाएका छन् । बच्चालाई दुध छुटाउने बाहानामा चम्चाले खाना खुवाउने बच्चा पछि मोटोपनको शिकार हुनसक्ने अध्ययनको दाबी छ । अध्ययनले सानो उमेरदेखि नै हातले खाना खाने बच्चाहरु तुलनात्मक रुपमा बढी स्वस्थ र फुर्तिलो हुने बताएको छ । वैज्ञानिकहरू विश्वास गर्छन् कि जसले आफ्ना बच्चाहरुलाई हातले खाना खान सिकाएका छन् । उनीहरु चम्चाले खाना खाने बच्चाहरुको तुलनामा धेरै तन्दुरुस्त हुने गर्छन् ।

बेलायतको स्वानसी विश्वविद्यालयका चिकित्सक एमी ब्राउन भन्छिन्, ‘हाम्रो अध्ययनले बच्चाहरूलाई आफैं खाना खान अनुमति दिनु उनीहरुको त्रिकोणात्मक विकासको लागि फाइदाजनक मान्ने गरिएको छ । किनकि त्यस्तो गर्दा बच्चाहरूको आहार आफैंमा नियन्त्रित हुन्छ ।’ बाल पोषणविद्हरुले त्यस्ता बच्चाहरूमा बाल्यकालदेखि नै आफैं खाना खाने बानीको विकास गराउनुले बच्चाहरुको भोक नियन्त्रण गर्न समेत मद्दत गर्ने ब्राउन बताउँछिन् ।

मानिसहरूले पश्चिमी संस्कृतिलाई स्वीकार गर्दै भुईंमा बसेर हातले खाना खाने शैलीलाई पूर्ण रूपमा परिवर्तन गरेका छन् । अध्ययनले भने हातले खाना खानु सजिलो मात्रै नभएर स्वस्थ समेत हुन्छ भन्ने मानिन्छ ।

हात खाना खानुका फाइदाहरु :

१. हातले खाना खाँदा जब हातले खानालाई स्पर्श गर्छ । त्यतिबेलादेखि नै खाना पचाउनको लागि मस्तिष्क तयारी अवस्थामा रहेको हुन्छ । आफू तयारी अवस्थामा रहेको मस्तिष्कले पेटलाई सो बारेमा संकेत गरिसकेको हुन्छ । त्यसपछि पेटले आफ्नो तयारी पहिलेदेखि नै सुरू गर्ने भएकोले यसलाई सजिलै पचाउन सकिन्छ ।

२. चम्चाले खाना खाँदा ध्यान केवल वरिपरि सफा गर्ने वा खाना र तरकारीलाई मिलाउने जस्ता काममा व्यस्त हुन्छ । कतिपय मान्छेहरु त थालबाट खाना पोखिन्छ कि ? भन्ने तिर नै धेरै ध्यान दिइरहेका हुन्छन् । यसले पेटलाई पनि सन्तुष्ट गराउँदैन । मस्तिष्क सन्तुष्ट नहुने हुँदा पेट पनि सन्तुष्ट हुँदैन । हातले खाँदा ध्यान केवल भोजनमा मात्र रहन्छ र पेट पनि सन्तुष्ट हुन्छ ।

३. अर्को एक अनुसन्धानका अनुसार हातले खाना खाँदा आवश्यकता भन्दा धेरै खाना खानबाट बच्न सकिन्छ । यसले मोटोपना रोक्न पनि मद्दत गर्छ ।

४. हातले खाना खाँदा खाँदा खाना तातो वा चिसो के छ ? भन्ने अनुमान पनि हुन्छ । जसले गर्दा इन्द्रियहरु पनि सोही अनुसार तयारी अवस्थामा रहन्छ । तर, चम्चाको साथ अनुमान गर्न गाह्रो छ।

५. हातले खाना खाँदा शरीरमा उर्जा राख्न मद्दत मिल्छ । आयुर्वेदमा पनि पलेटी मारेर हातले खाना खानु स्वास्थ्यको लागि राम्रो मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?