+
+
Shares

विल्सन विक्रमको ‘सेल्फी खिचौंला’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:४७

हाँस्य कलाकार विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनकै शब्द रहेको छ ।

दीपक शर्माको संगीत दिएको गीतमका मेलिना राईले पनि स्वर दिएकी छिन् । कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा बुद्ध तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम फिचर भएका छन् ।

विल्सनको नै निर्देशनमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?