Comments Add Comment

बालबालिकाको यस्तो जिद्दी, जसलाई ‘हुन्न’ भनौं

नेपालीमा प्रचलित एउटा उखान छ ‘चिनी पनि धेरै खायो भने तीतो हुन्छ ।’ त्यस्तै संस्कृतमा एउटा उक्ति छ, ‘अति सर्वत्र वर्जयेत् ।’ यस्तै कतिपय अवस्थामा बच्चाहरुलाई आमाबाबुको प्रेम पनि अधिक हुनसक्छ । जसका कारण बच्चा नै कमजोर बन्नसक्छन् । त्यसैले आमाबाबुले पनि बच्चाहरुलाई देखाउने प्रेममा केही कमी ल्याउनुपर्ने हुनसक्छ ।

आमाबाबुको आफ्ना बच्चाहरूसँग पूर्ण रुपमा भावनात्मक सम्बन्ध हुन्छ । यस्तो अवस्थामा उनीहरू भावनात्मक हिसाबले बच्चाहरूको अडान सामु प्रायः झुक्ने गर्छन् । तर, त्यसो गर्नु स्वयं बच्चाहरूको मानसिक र शारीरिक स्वास्थ्यको लागि हानिकारक हुनेगर्छ ।

यस्तो जिद्दीको अघि नझुकौं
बच्चाहरु खानाको बारेमा धेरै चिन्तित हुन्छन् । प्रायः सबैजसो बच्चाहरू तरकारी र दाल खान मन पराउँदैनन् । उनीहरु प्रायः धेरै ड्राईफुड मन पराउँछन् । घरको खाना खान्न भनेर बच्चाहरुले गर्ने जिद्दीमा हामीहरु झुक्ने गर्छाैं । उनीहरुको घुर्कीका कारण सहजै उसले भनेको खाना खान दिने गर्छौं ।  त्यो बच्चाको भन्दापनि आफ्नो गल्ती हो । बच्चाहरुको यस्तो जिद्दीमा झुक्नु हुँदैन । बच्चाहरु के खाँदा खुशी छन् ? मात्रै भन्दा पनि बच्चाले पौष्टिक आहार खाएका छन् कि छैनन् भन्ने विषयलाई महत्वपूर्ण मान्नुपर्छ ।

स्वास्थ्यमा सम्झौता
बच्चाहरूलाई फाष्ट फुड र प्याक गरिएको खाना दिएर हामी उनीहरूको जीवनको जग कमजोर गर्दै त छैनौं ? वास्तवमा, बाल्यावस्था शरीरको विकास हुँदाको उमेर हो । अब यदि बढ्दो उमेरमा बच्चाहरूले पूर्ण पोषण प्राप्त गरेनन् भने उनीहरूको भविष्यमा नकारात्मक असर पर्ने गर्छ । त्यसैले बच्चाहरुको स्वास्थ्यमा सम्झौता गर्ने गरी खानेकुरा खान दिनु हुँदैन ।

बिहानको खानामा के के राख्ने ?
बच्चाको स्वास्थ्यमा सुधार गर्नको लागि केही कडा व्यवहार पनि देखाउनुपर्ने हुन्छ । आमाबाबुले बच्चाको खानामा बेवास्ता गर्दा यसले बुढेशकालसम्म बच्चालाई असर गर्ने गर्छ । त्यसैले बिहानको खाजादेखि रातिको खानासम्म उनीहरुको खानेकुराबारे चासो दिनुपर्छ ।

सामान्यतया बच्चाहरू बिहानको खाजामा जाम, पाउरोटी जस्ता प्लास्टिकमा राखिएका खानेकुराहरु मन पराउने गर्छन् । तर, यस्ता खानेकुराहरु स्वास्थ्यको लागि लाभदायक हुँदैनन् । यसको लागि घरमै बनाएको दुधबाट बनेका परिकार आदि राख्नु राम्रो मानिन्छ ।

बिहानको खाजामा समावेश गर्नुपर्ने कुराहरु
बच्चाहरूमा कुनै पनि चीजको बानी बनाउन गाह्रो काम हो । तर, उसको बानी सुधार गर्नको लागि हामीले कडाई गर्नैपर्छ । यस्तो व्यवहार देखाउनु स्कुलमा शिक्षकदेखि अभिभावकसम्मको भूमिका महत्वपूर्ण हुन्छ । बिहानको खाजामा बच्चालाई दुधमा मिलाएर ओखर, छोकडा जस्ता पोषक खानेकुराहरु खुवाउनु उपयुक्त मानिन्छ । यही खानेकुरा दैनिक खुवाउनु समेत उपयुक्त मानिन्छ ।

जाम र बिस्कुटमा के छ बेफाइदा ?
यो सत्य हो कि जाम बनाउनको लागि धेरै फलहरु नै प्रयोग गर्ने गरिन्छ । फलहरू जाममा रूपान्तरण गर्ने प्रक्रियाभरीमा यसभित्रको लगभग सबै पौष्टिक तत्वहरू नष्ट भइसक्छ । बिस्कुट सामान्यतया मैदाबाट बनाइन्छ । बिस्कुटमा अनावश्यक चिनीले भरिएको क्रिम जोडिएको हुन्छ । ती सबै खानेकुराहरुले बच्चालाई धेरै फाइदा गर्दैन ।

जाम हानिकारक हुनसक्छ
तपाईंले आफ्ना बच्चाहरूलाई फलबाट बनेको जाम स्वस्थ सम्झिएर खुवाउँदै आउनु भएको छ भने यसले बच्चाहरुलाई असर गर्नसक्छ । किनभने फलबाट जाम बनाउँदा फलहरू उच्च तापमा वा लामो समयसम्म तातो पानीमा उमालिन्छ । यस प्रक्रियाको क्रममा फलहरूको रस र पोषक तत्वहरू धेरैहदसम्म हटिसकेको हुन्छ । जब भिटामिन सी युक्त फलहरू उमालेर खाँदा तिनीहरूले स्वास्थ्यलाई हानि पुर्याउने गर्छ ।

बच्चामा मोटोपना बढ्छ
जाममा चिनीजन्य सामग्री धेरै हुन्छ । यसले पनि बच्चामा बोसो बढ्ने र मोटोपनको समस्या सिर्जना हुनसक्छ ।

के घरमा जाम नै नल्याउने त ?
माथि उल्लेख गरिएको आसय घरमा जाम ल्याउन नै बन्द गर्नुपर्छ भन्ने होइन । तर, पक्कै पनि बच्चाको आहारमा यसको मात्रा सीमित भने गर्नैपर्छ । किनभने यदि एक ताजा फललाई दुई चम्चा जामसँग तुलना गर्ने हो भने जामको पोषक तत्वहरू फलको पोषकहरूको अगाडि नगण्य हुन्छ । जसले बच्चाहरुलाई फाइदा कम र हानि धेरै पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment