Comments Add Comment

कसरी बनाउने हार्मोनहरुलाई सन्तुलन ?

यदि हाम्रो शरीरमा हार्मोनहरु सन्तुलित भएनन् भने हामीलाई त्यो कुराको  महसुस हुन त  थाल्छ, तर त्यो के कारणले गर्दा हुन्छ भन्ने कुरालाई नै जानकारी हुँदैन । मूड परिर्वतन हुनु, प्रकाशका लागि संवेदनशीलता, तैलिय छाला र केश, केही खान मन नलाग्नु, निद्रा नलाग्नु, चिन्ता, तनाव र चिडचिडापन आदि सबै कुराहरु हार्मोन परिर्वतनका संकेतहरु हुन सक्छन् ।

महिलाहरुमा हार्माेनल सन्तुलन परिर्वतन हुने सम्भावनाहरु धेरै हुन्छ । विशेष गरेर जब उनीहरु गर्भवती हुन्छन्, तनावमा हुन्छन् अथवा विशेष उमेरपछि महिलाहरुमा हार्मोनल सन्तुलन परिर्वतन हुन थाल्छ ।

आज हार्मोनको गडबडिका कारण धेरै महिला अथवा युवतीहरुले महिनावारी र अन्य समस्याहरुको सामना गर्नु परिरहेको छ । तर हार्मोनहरुलाई पुनः सामान्य अवस्थामा फर्काउनु कुनै गाह्रो कुरा होइन । आज हामी त्यस्ता केही तरीकाहरुको बारेमा जानकारी दिँदैछौं, जसको सहयोगले तपाईं प्राकृतिक तरिकाले आफ्नो हार्मोनहरुलाई सन्तुलित राख्न सक्नु हुन्छ ।

आलसको बीउ सेवन गर्नुपर्छ

आलसको बीउ राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसमा फाइबर, लिगनान, ओमेगा-३, फ्याटी एसिड पर्याप्त मात्रामा हुन्छ, जसले ब्लड शुगर र मुटुको स्वास्थ्यलाई सामान्य बनाउन सहयोग पुर्‍याउँछ ।

जुन महिलाले आफ्नो भोजनमा आलसको बीउ सेवन गर्छन्, उनको प्रोजेस्टेरोन र एस्ट्रोजनको स्तरमा सुधार आउँछ भन्ने कुरा प्रयोगहरुबाट प्रमाणित भएको छ । जुन महिलाहरुमा हार्मोन सन्तुलित राख्नका लागि अति नै आवश्यक हुन्छ ।

पेय पदार्थहरुको सेवन सावधानीपूर्वक गर्नुपर्छ

अल्कोहल, क्याफीन र चीनीयुक्त पेय पदार्थहरुले हाम्रो शरीरमा हार्मोनको सन्तुलन बिगार्न सक्छ । किनभने त्यसबाट शरीरमा कोर्टिसोलको उत्पादन बढ्छ । जसको असर अण्डाशयको कार्य प्रणालीमा पर्छ ।

यदि तपाईंलाई प्यास लाग्यो भने साधा, मिनरल अथवा नरिवल पानी पिउनु पर्छ । यदि तपाईंलाई इनर्जी आवश्यक छ भने ग्रीन टी पिउन सक्नु हुन्छ । त्यसमा क्याफीनको मात्रा सही हुन्छ र एमिनो एल- थिएनिन हुन्छ । जसले दिमागको कायर् प्रणालीलाई चुस्त बनाउँछ ।

धेरै तनाव लिनु हुँदैन

प्रायः हामी तनावमा आफ्नो स्वास्थ्यलाई वेवास्ता गर्छौं । प्रोसेस्ड खाद्य पदार्थको सेवन गर्न थाल्छौं र पर्याप्त सुत्दैनौं । तनावले शरीरमा कार्टिसोल धेरै निर्माण हुन्छ,  जसका कारण थकान हुन्छ । त्यस्तो अवस्थामा शरीरमा रोगसंग लड्ने क्षमता कम हुन्छ र तपाईंको हार्मोनल सन्तुलन बिग्रन थाल्छ । तनावलाई कम गर्नका लागि नुहाउने, घुम्न जाने र योगा गर्नु पर्छ ।

धुम्रपान गर्नु हुन्न

सुर्तीजन्य पदार्थले विभिन्न हार्मोनहरुमा नराम्रो असर पार्छ । युनिभर्सिटी अफ रिडिङका सर्वेक्षणकर्ताहरुका अनुसार सूर्तिजन्य पर्दाथको सेवनले थाइराईडको स्तर बिग्रन्छ । त्यसले पिट्युटरी हार्मोनलाई उत्तेजित गर्छ र कार्टिसोललाई बढाउँछ । यदि तपाईं धुम्रपान छोड्ने योजना बनाउँदै हुनुहुन्छ भने यो सबैभन्दा राम्रो समय हो ।

डेयरी उत्पादनहरुको सेवन सोचेर गर्नुपर्छ

डेयरी उत्पादन पोषकको राम्रो स्रोत हो । तर यदि तपाईं सेक्स हार्मोनप्रति चिन्तित हुनुहुन्छ भने तपाईंले डेयरी उत्पादनहरु विशेष गरेर दही र क्रीमको सेवन गर्नु अगाडि सोच्नु पर्छ । डेयरी उत्पादनको सेवनबाट केही विशेष हार्मोनहरुको स्तर कम हुन्छ भन्ने कुरा एउटा अध्ययनबाट पत्ता लागेको छ । उक्त अध्ययनमा दही  एवं क्रीम तथा एनोभुलेटरी साइकलबीच सम्बन्ध भएको पनि बताइएको छ ।

पूरक आहार र हर्बहरुको सेवन गर्नुपर्छ

भिटामिन सी, बी ५, इल्युथेरो र रोडिओला त्यस्ता हर्बहरु हुन्,  जसले शक्ति प्रदान गर्छ । यसले न्यूरो ट्रान्समिटर्सलाई समर्थन गर्छ र तनाव कम गर्ने हार्मोन बढाउँछ । यसले शरीरमा हार्मोनलाई प्राकृतिक सन्तुलन बनाउन सहयोग गर्छ । मैका एउटा शक्तिशाली बूटी हो, जसले मेनापोजको साइड इफेक्टबाट राहत दिन्छ ।

जस्तै राती पसिना आउनु, अचानक गर्मी महसुस हुनु आदि । यसले स्वास्थ्यकर लिपिडो बढाउन सहयोग गर्छ । मैकाको धुलो ग्रीन टीमा मिलाएर पिउनाले हार्मोनलाई प्राकृतिक रुपमा सन्तुलित बनाउन सकिन्छ ।

योगासन र व्यायाम

योगा र नियमित व्यायामको फाइदालाई नकार्न सकिदैन । यसले शरीरमा राम्रो सर्कुलेशन बनाउँछ । एन्डोर्फिन रिलिज हुन्छ । शरीरको वजन सामान्य भइरहन्छ र मुटु पनि स्वास्थ्य भइरहन्छ । व्यायाम एउटा व्यक्तिका लागि प्राकृतिक औषधी पनि हो । यसले शरीरमा कोर्टिसोलको मात्रा कम गर्छ र तनाव हटाउन सहयोग गर्छ । त्यसैले हप्तामा कम्तिमा पनि १५० मिनेट हल्का एरोबिक व्यायाम गर्नु पर्छ ।

पर्याप्त निद्रा

जब तपाईं सुतिरहनु भएको हुन्छ, तपाईंको दिमागले शरीरलाई डिटक्सिफाइ गर्छ । त्यसैले दिनहुँ कम्तिमा आठ घण्टा सुत्नु आवश्यक छ । यसले शरीरमा कोर्टिसोल, मेलाटोनिन, सोमाट्रोपिन हार्मोनहरु सन्तुलित रहन्छन् । सधैं त्यस्तो कोठामा सुत्नु पर्छ, जहाँ फोन, ल्याफटप अथवा टेलिभिजन स्क्रीनको नीलो प्रकाश हुँदैन ।

त्यसरी सजिलो तरिकाले तपाईं तीन हप्ताभन्दा पनि कम समयमा नै प्राकृतिक रुपले हार्मोनलाई सन्तुलित गर्न सक्नु हुन्छ । यदि यति हुँदा-हुँदै पनि तपाईंलाई समस्या भैरह्यो भने एउटा राम्रो न्यूरोपेथ र योगा गुरुसंग भेटेर सल्लाह लिन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment