Comments Add Comment

धुर्मुसका आमाबुबा भन्छन्– जनताको एक पैसा पनि नखाएस्

३ चैत, चितवन । सीताराम कट्टेल धुर्मसकी ५५ बर्षीया आमा कमलाकुमारी कट्टेल र बोगराज कट्टेलले चितवनमा निर्माणाधीन रंगशाला हेरेपछि जनताको रगत र पसीनाबाट संकलित एक पैसा पनि दुरुपयोग नगर्न छोरालाई सुझाव दिएका छन् ।

धुर्मस सुन्तली रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सीतारामका बुबाआमा चितवन आएका थिए । यसअघि धुर्मस सुन्तली फाउण्डेशनले बनाएका चारवटा बस्तीमध्ये काभ्रेबाहेक सबै ठाउँमा उनीहरु पुगिसकेका छन् ।

कमलाकुमारी र वोगराजका तीन छोरा र दुई छोरी मध्ये सिताराम कट्टेल जेठो सन्तान हुन् । आमा कमलाले अगाडि भनिन्, ‘नेपालकै छोरो होस्, अरूले पनि मेरो छोरा भनिदिउन्, सबैको राम्रो होस्, राम्रो गरोस् ।’

रंगशाला निर्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वृद्धबाबुआमादेखि खाडीमा गएर चर्को श्रम गर्न बाध्य नेपालीहरुले गरिरहेको सहयोगको एक पैसा पनि हिनामिना नगर्न र सबै खर्च पारदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ ।

उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हिनामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ । यहाँबाट जाँदा हाईहाई भएर फूलमालाले विदाइ हुनुपर्छ, कसैको पनि दुई पैसामा र्‍याल चुहाउने हैन । तिमीले नेपाल आमाको सच्चा छोरा प्रमाणित गरेर अझैं देखाऊ, त्यसैमा मलाई गर्व छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment