Comments Add Comment

बालबच्चाको स्वतन्त्र सिकाइका लागि के गरेका थिए गिजूभाईले ?

बालबालिकालाई जबर्जस्ती विद्यालय पठाउनुको सट्टामा उनीहरुलाई उल्लास र उत्साहका साथमा पठाउनुपर्छ । यसका लागि भारतीय अभियान्ता गिजूभाई बधेकाले क्रान्तिकारी प्रयोग गरेका थिए ।

महात्मा गान्धीको गुजरातमा उनीजस्तै एक तपस्वी बनेका थिए गिजूभाई । १८८५ नोभेम्बर १५ मा उनको जन्म भएको थियो । शुरुमा उनको नाम आमाबाबुले गिरिजा शंकर भगमानजी राखेका थिए । मेटि्रक पास गरेसँगै रोजीरोटीको समस्या टार्न उनी अपि|mका पुगे । तीन वर्ष त्यहाँबाट फर्केका उनी आफ्नो अधुरो शिक्षा पूरा गर्ने ध्यानमा अघि बढे ।

त्यसपछि उनले मुम्बई आएर अन्य विषयसँगै कानुन पनि पढेका थिए । तर, उनले धेरै समय वकालतलाई दिएनन् र नयाँ क्षेत्र चयन गरे । यो क्षेत्र थियो – बालबालिकाको शिक्षा । त्यतिबेला बालबालिकालाई शिक्षा दिन उपदेशात्मक, अवैत्रानिक, अव्यावहारिक प्रणाली अपनाइन्थ्यो । पहिले गिजुभाईले पनि यस किसिमको शिक्षा प्रणालीको सामना गरेका थिए । यसबाट उनी निकै मर्माहत भएका थिए । उनी कुनै बालबालिकाले पनि यस्तो अवस्था सामना गर्नु नपरोस् भन्ने चाहन्थे ।

यसका लागि उनले बालबालिकाको शिक्षा प्रणालीमा सुधारको लागि प्रयास शुरु गरे । उनको यो प्रयासबाट सबै बालबालिका यति धेरै खुसी भए कि उनीहरु गिजुभाईलाई ‘जुँगा भएकी आमा’को उपनामले बोलाउन थाले । ठूला मानिसहरु भने उनलाई बालबालिकाका गान्धी र बाल शिक्षाका सूत्रधारको नामले बोलाउँथे ।

जानकारहरुका अनुसार सन् १९२० देखि १९३९ सम्म उनले बालबालिकाको शिक्षको परीक्षा लिने विषयमा चल्दै आएको पुरानो प्रणाली समाप्त गर्ने प्रयास गरे । उनले यो अवधिमा श्रव्यदृश्यको माध्यमबाट परीक्षालाई जाड्ने प्रायास गरे ।

त्यसैले केही जानकारीहरु विद्यालयमा स्नेह र स्वतन्त्रता सुनिश्च्ति गर्न बालबालिकाको शैक्षिक स्वतन्त्रताको लडाइँ वास्तविक हिसाबमा गिजुभाई बधेकाले नै लडेको बताउँछन् । उनको मनमा यस्तो विचार आफ्नो छोराको लागि उपयुक्त विद्यालयको खोजी गर्दाको समयमा आएको थियो । उनले आफ्नो सोच अनुसारको कुनै पनि विद्यालय पाउन सकेका थिएनन् । उनी आफ्नो अनुभवबाट विद्यार्थीलाई दिइने कठोर दण्ड र कडा शिक्षकको व्यवस्था नहटाएसम्म बाल शिक्षाको उद्धार हुन सक्दैन भन्ने कुरा राम्रोसँग बुझेका थिए । त्यसैले उनले यो मुद्दामा धेरै जोड दिएका थिए । उनले बालबालिकाको जीवनोपयोगी शिक्षा पाउनुपर्ने भन्दै धेरै क्रान्तिकारी प्रयोग गरेका थिए ।

यस्तै प्रयोगमध्ये एक थियो, मारिया मोन्टेसरीको शिक्षा पद्धतिलाई ग्रामीण भारतको आर्थिक स्रोतअनुसार ढालेर त्यसको प्रयोग गर्नु । यो अनौठो किसिमको योजना अनुसार उनले भारतको भावनगरमा दक्षिणमूर्ति बालमन्दिरको नामबाट पूर्व प्राथमिक विद्यालय खोलेका थिए । यो विद्यालयमा पहिलोपटक दुई/तीन वर्षका बालबालिकालाई विद्यालय जाने अवसर मिल्यो । यसअघि भारतमा छ/सात वर्षमा मात्र पहिलोपटक विद्यालय पठाइन्थ्यो ।

यो विद्यालयमा परम्परागत प्रणालीलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको थियो । उनले बच्चालाई सिकाउने मामिलामा निकै लचिलो बनी लोककथा, नाटक, गायन, नृत्य र चित्रको माध्यमबाट शिक्षा दिने प्रणालीको विकास गरे । यसको माध्यमबाट खेल्दाखेल्दै बालबालिकाले  धेरै कुरा सिकून् र सिक्ने परम्परा पनि चल्दै आएको त्रासदीपूर्ण प्रणालीसँग कुनै मेल खाने किसिमको नहोस् भन्नेमा उनले ध्यान दिएका थिए ।

गिजुभाईले बालबालिकालाई शिक्षा प्रदानका लागि विभिन्न नाटक देखाउने गर्थे । यसबाट उनले बच्चाको विचार, कल्पना र संस्कारलाई अझ बजबुद बनाउने उद्देश्यले उक्त नाटक मञ्चन गरिने गरिएको थियो । यो नाटकमा अन्य कालकारको साथमा गिजुभाई आफैं पनि अभिनय गर्थे । यति मात्र होइन  विद्यालयमा कुनै पनि कुरा विद्यार्थीलाई घोकाइन्नथ्यो । उनीहरुलाई घोकेर भन्दा पनि बुझेर पढ्न प्रेरित गरिन्थ्यो र गिजुभाई आफैं पनि उपदेशात्मक शिक्षा प्रणालीको कट्टार आलोचक थिए ।

आफ्नो यो विचारबाट नै प्रेरित भएर महात्मा गान्धीको बालपोथीको पनि आलोचना गरेका थिए । उनको आलोचनाबाट प्रभावित भएर गान्धीले पनि बालपोथीको प्रकाशन र वितरणको काम रोकेका थिए ।

गिजुभाई भाषा र व्याकरणलाई छुट्टाछुट्टै नभई एकैसाथ पढाउनुपर्छ भन्नेमा विश्वास राख्थे । साथै उनी श्रव्यदृश्यमा अक्षरको अनावश्यक बर्चस्वदेखि निराश पनि थिए । दक्षिणमूर्ति बालमन्दिरको सञ्चालनको क्रममा उनले बालबालिकालाई जुन किसिमको शिक्षा दिन उनी चाहन्छन्, त्यहाँसम्म पुग्न पर्याप्त शिक्षक आवश्यक रहेको बुझे ।

यसका लागि उनले सन् १९२५ मा उनले दक्षिणमूर्ति अध्यापक मन्दिर पनि स्थापित गरे । यहाँ छ सयभन्दा धेरै शिक्षकलाई प्रशिक्षित गरेर उनीहरुको सेवाको सदुपयोग सुनिश्चित गरिएको थियो ।

बालबालिकाको साहित्य सृजनाको काममा पनि गिजुभाई पछि सरेनन् । उनले आफैंले पनि बाल कहानी र बालगीत रचना गरेका थिए । साथै यात्रा र साहसिक अभियानको विषयमा पनि उनले पुस्तक रचना गरेका थिए । उनले लेखेका पुस्तकको संख्या एक सय रहेको बताइन्छ । उनको लामो कथा ‘दिवास्वप्न’लाई बालशिक्षाको नयाँ संविधान र बाल साहित्यको  शिरोमणिजस्तो सम्मान प्रदान गरिएको छ । उनले यसमा बालबालिकालाई विद्यालयमा बालश्रम शोषण शिविर जस्तो व्यवहार गर्न नहुने र शारीरिक यातना दिन नहुने उल्लेख गरेका छन् ।

उनले आफ्नो विद्यालयका साथै ‘शिक्षण पत्रिका’ पनि शुरु गरेका थिए । साथै शिक्षा पद्धतिको विषयमा जानकारी दिनको लागि उनले भावनगर र अहमदावादमा दुई सम्मेलन पनि आयोजना गरेका थिए । सन् १९३६ मा आफ्ना केही सहयोगीसँगको मतभेदको कारण उनले दक्षिणमूर्ति संस्था छाडेर राजकोटमा एक अध्यापक मन्दिर बनाएका थिए । तर, उमेरको कारण उनले त्यसलाई फैलाउने अवसर भने पाएनन् । सन् १९३९ जुन २३ मा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment