Comments Add Comment

कोरानाको बहानामा कालोबजार बढेको भन्दै रोक्न माग

३ चैत, बुटवल । कोरोना (कोभिड-१९) को बहानामा कालोबजारी बढेको भन्दै सरोकारवालाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रणको काम गरेमा निजी क्षेत्रका संघसंस्थाहरुले सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।

सोमबार बुटवलमा आयोजित एक साक्षत्कारमा बोल्दै सरोकारवालाले बजारमा मास्क, खाद्यान्न तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तफै सरकार सचेत हुनुपर्ने बताएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृतिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे ।

कोरोनाका बारेमा वास्तविक सूचना दिन सरकार चुकेको भन्दै उनले वास्तविक सूचना दिन माग गरे । कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको उनको भनाइ छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

अनावस्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उनले कृषि जन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवस्यक रहेको उनको भनाइ छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउ तयार रहेको बताए । ‘सरकारले वजारलाई प्रभावकारी रुपमा अनुगमन गर्न तर्फ अघि बढ्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ ,’ उनले भने ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था हुने उनले बताए ।

बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको वृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नर्गन व्यवसायिलाई आग्रह गरे ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले प्रदेशमा ११९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment