+
+
Shares

कोरोना प्रभाव– विश्व बजारमा ९ प्रतिशतले घट्यो तेलको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १८:५३

३ चैत, काठमाडौं । विश्व बजारमा सोमबार कच्चा तेलको भाउ करिब ९ प्रतिशत घटेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिँदै गएसँगै तेलको भाउमा पनि कमी आएको हो ।

महामारी फैलिएसँगै पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा परेको असरले तेलको माग घटेको हो । माग घटेसँगै त्यसको असर पनि तेलको भाउमा परेको हो ।

यो समाचार तयार पर्दासम्म नेपाली समयअनुसार साढे ५ बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा ९ प्रतिशत घटेर प्रतिब्यारेल ३२ दशमलव २५ डलरमा आइपुगेको हो । ब्रेन्ट कच्चा तेलको भाउ एक ब्यारेलमा ३ दशमलव १९ डलरले घटेको हो ।

त्यस्तै यूएस वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि सोही समयमा अघिल्लो दिनको तुलनामा ६ दशमलव ८७ प्रतिशत अर्थात् प्रतिब्यारेल २ दशमलव १८ डलर घटेर २९ दशमलव ५५ डलरमा आइपुगेको थियो ।

सिमोन्स इनर्जी कम्पनीका विश्लेषक पियर्स ह्यामण्डले आइतबार तेलको मागमा अहिलेको जस्तो कमी आफूले नदेखेको बताएका थिए । गत साता पनि तेलको भाउ २३ प्रतिशत घटेको थियो ।

तर, शुक्रबार तेलको भाउमा केही बढेको थियो । यसअघि नै कोरोना भाइरसको महामारी अहिलेकै अवस्थामा रहे तेलको भाउ प्रतिब्यारेल ३० डलरभन्दा कममा आउनसक्ने विश्लेषकहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?