Comments Add Comment

ज्वरोका बिरामी देख्दा हेल्थ डेस्कका स्वास्थ्यकर्मी नै डराउँछन्

३ चैत, विराटनगर । सीमा नाकामा कोरोना भाइरसको सम्भावित संक्रमित पत्ता लगाउन बसेका स्वास्थ्यकर्मी आफै डराएका छन् । सुरक्षाको आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मी ज्वरो आएका बिरामी देख्दा पनि डराउने गरेका छन् ।

प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वयमा भारतीय बजार जोगवनीसँग जोडिएको विराटनगरको रानी नाकामा हेल्थ डेस्क राखेको छ । तर हेल्थ डेस्कबाट कोरोना रोकथामका लागि भएको पूर्व तयारी पर्याप्त नभएको प्रदेश १ को संसदीय समितिले बताएको छ ।

सोमबार अनुगमनका लागि सीमा नाका रानी पुगेको सामाजिक विकास समितिले पूर्वतयारी पर्याप्त नभएको बताएको हो ।

सामाजिक विकास समिति सभापति सरिता थापाले अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन् । नाकामा स्वास्थ्यकर्मी र हेल्थ डेस्क थप गर्नुपर्ने उनको भनाइ छ ।

रानी – जोगवनी नाकामा फागुन २२ गतेदेखि हेल्थ डेस्क राखिएको हो । तर परीक्षणमा खटिएका स्वास्थ्यकर्मी शंकास्पद विरामी आउँदा आफैं असुरक्षित भएको बताउँछन् ।

नाकामा बाक्लो आवतजावत हुने भएका कारण हेल्थ डेस्कले सबैको स्वास्थ्य परीक्षण गर्न सकेको छैन । डेस्कमा स्वास्थ्यकर्मीहरु ज्वरो उच्च भएका बिरामी आउँदा डराउने गरेका छन् ।

आइतबार र सोमबार पनि नाकामा उच्च जोरो भएका बिरामी आउँदा स्वास्थ्यकर्मी त्रसित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment