+

२१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

२०७६ चैत  ४ गते ७:३९ २०७६ चैत ४ गते ७:३९
२१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

४ चैत, काठमाडौं । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय