+
+
Shares

बुटवलकाे जुवाखालबाट ४ महिलासहित ५ जना पक्राउ

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ चैत ४ गते ११:३४
Photo Credit : फाइल तस्वीर

४ चैत, बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो ।

उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?