Comments Add Comment

नेहाको समर्थनमा उत्रिए अंगद

नायिका नेहा धुपिया विगत केही दिनदेखि सामाजिक संजालमा ट्रोलको शिकार भैरहेकी छिन् । नेहा सामाजिक संजालमा आलोचित भएपछि उनका श्रीमान् अंगद बेदी उनको समर्थनमा उत्रिएका छन् ।

अंगदले सामाजिक संजालमा नेहासँगका ५ वटा फरक–फरक तस्वीर शेयर गर्दै लेखेका छन्–‘मेरो कुरा सुन । यहाँ मेरा ५ जना प्रेमिका छन् । जसलाई जे गर्नुछ गर ।’

नेहाले हालै मात्र एक रियालिटी शोमा एक महिला प्रतिस्पर्धीको समर्थनमा बोलेको बयानलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले ट्रोल गरेका थिए । एक प्रतिस्पर्धीले रियालिटी शोमा आफ्नी प्रेमिकाले ५ जना प्रेमी बनाएपछि गालामा थप्पड दिएको बताएका थिए ।

यसको जवाफमा नेहाले भनेकी थिइन्–‘यहाँ तिमी वकवास गरिरहेकी छौ । कसको साथ घुम्ने र हिड्ने भन्ने उसको रोजाइको कुरा हो । समस्यामा तिमीमा हुन सक्छ । यदि, उसले तिमीलाई चिट गरिरहेकी थिई भने समस्या तिमीमा थियो । तिमीलाई एक यूवतीमाथि हात उठाउने अधिकार छैन ।’

नेहाको यो कुरा सामाजिक संजालमा भाइरल भयो र उनको कुरालाई लिएर ट्रोल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment