Comments Add Comment

आँचल लेख्छिन्–‘ हरेक केटीले आफ्नो जीवनमा एकपटक बिबाहको सपना बुन्छन्’

नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरिन् । उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक संजालमा व्यापक छ ।

संजाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । तर, यहीविचमा आँचलले भने सामाजिक संजालमा मन छुने स्टाटस कोरेकी छिन् ।

आँचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् । उनले, आफूहरुको सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरुको कारण नै संभव भएको समेत उल्लेख गरेकी छिन् ।

१ बर्ष लामो प्रेम सम्बन्धलाई आँचल र उदिपले बिहिबार बैबाहिक जीवनमा परिणत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment