
४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२८ जना बिरामी छन् । तीमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् । भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक छन् ।
कोरोना भाइरसको जोखिमसँग लड्नका लागि भारतले सार्क देशहरुले खर्च गर्न पाउने गरी १ करोड डलरको कोष स्थापना गरेको छ । यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गराउन सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4