Comments Add Comment
भिडियो रिपोर्ट :

अमेरिकामा कोरोनाको प्रभाव : आर्थिक मन्दीको संकेत

सामूहिक भेला हुन नपाउने, विद्यालय र रेस्टुरेन्ट बन्द हुन थाले

 

४ चैत, न्युयोर्क । गत डिसेम्बर महिनामा चीनको एक शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले संसारलाई यसरी कब्जा गर्छ भनेर कसैले कल्पना गरेको थिएन । तर, यसले धेरै विकसित देशहरुलाई प्रभाव पारिसकेको छ । अमेरिका पनि अब यसबाट अछुतो रहेन । अमेरिकामा अहिलेसम्म ७० भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

केही हप्ताअघिसम्म कोरोनाबाट डराउन पर्दैन भनिरहेको अमेरिका अहिले आएर आर्थिक मन्दीको गतितिर अघि बढेको संकेतहरु देखिएका छन् ।

सोमबार साँझ पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सम्भावना रहेको स्वीकारे । यद्यपि आफ्नो ध्यान अर्थतन्त्र भन्दा पनि कोरोना भाइरसतिर रहेको उनले बताएका छन् ।

यतिखेर अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन नाजुक बन्दै छ । आर्थिक गतिविधिहरु ठप्प प्रायः बनेका छन् । भाइरसबाट जोगिनका लागि न्युयोर्क, न्युजर्सी, कनेक्टिकट लगायतका राज्यहरुमा रेस्टुरेन्ट, चलचित्र हल, म्युजियमलगायतका स्थानहरु बन्द गरिएका छन् । ५० भन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि कार्यक्रम गर्न बन्देज लगाइएको छ ।

अझ राष्ट्रपति कार्यालयले १० भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन सुझाव समेत दिएको छ ।

धेरै राज्यहरुमा विद्यालयकहरु बन्द गरिएका छन् भने अनलाइनबाट मात्रै कक्षा लिइएको छ । भाइरसबाट बच्नका लागि थुप्रै कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ भने कतिपय कम्पनीहरुले आफ्नो आर्थिक अवस्थाले धान्न नसक्ने भन्दै धमाधम कर्मचारीलाई कामबाट निकाल्न सुरु गरेका छन् ।

अमेरिकी शेयर बजार पनि निकै खस्किँदै गएकाले अमेरिकी अर्थतन्त्र क्रमिक रुपमा अधोगतितिर गएको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment