Comments Add Comment

अरोमा थेरापी : सुगन्धबाट उपचार

अहिले सौन्दर्य सम्बन्धी समस्याको समाधानको लागि अनेकौं विधिहरु रहेका छन् । एलोपेथिकको विकल्पमा आयुर्वेदिक उपचार पद्धति अपनाउने गरिन्छ । प्राकृतिक विधिबाट उपचार खोज्नु पक्कैपनि हानिरहित हुनसक्छ ।

यससँगै यस्तो उपचार विधि पनि प्रचलनमा छ, जसमा औषधि होइन सुगन्धद्वारा उपचार गरिन्छ । यो हो, अरोमा थेरापी । यसलाई सुगन्ध चिकित्सा पनि भनिन्छ ।

सुन्दर देखिनको लागि विशेषगरी किशोरीहरु पार्लरमा गएर कैयौं प्रकारका सौन्दर्य सामग्रीहरु प्रयोग गर्ने गर्छन् । त्यसैलाई हामी अरोमाथेरापी नामले चिन्ने गर्छौं । अरोमाथेरापीबाट अनुहारमा चमक बढाउने गरिन्छ ।

चलचित्र क्षेत्रका अभिनेत्रीहरुदेखि अनेक क्षेत्रका मानिसहरु समेत सुन्दर देखिनको लागि यस्तै अरोमा थेरापी गराउने गरेको समाचारहरु आउने गरेको पाइन्छ ।

अरोमा थेरापीमा तुलसी, गुलाब र चमेलीको बिरुवाबाट तयार पारिएका तेलहरु समेत समावेश रहेको हुन्छ । यस उपचारले सुन्दर छाला मात्र नभएर मानसिक शान्ति समेत प्रदान गर्नेगर्छ ।

के हो अरोमा थेरापी ?

अरोमा थेरापी विभिन्न किसिमका सुगन्धित तेलको प्रयोग गरिएको हुन्छ । अरोमा थेरापी केही तातो अवस्थाबाट सुरु हुन्छ । ओरोमा थेरापीमा तेलको प्रयोग गर्ने गरिन्छ । यो विधिमा छालाका प्वालहरूको सफा गर्ने गरिन्छ । यसरी सफा गरेपछि यसले अनुहारमा चमक ल्याउने गर्छ ।

अनुहारमा निखारता ल्याउनको लागि

धेरै प्रकारका तेलहरू अरोमा थेरापीमा प्रयोग हुन्छन् । यसले न केवल मानसिक शान्ति प्रदान गर्दछ । तर, यसले अनुहारमा निखारता ल्याउने गर्छ । साथै यसले छाला चिलाउने समस्याको समेत समाधान गर्नेगर्छ ।

छाला अनुसार तेलको प्रयोग

अरोमा थेरापीमा छाला अनुसार तेलको छनोट गर्ने गरिन्छ । संवेदनशील छालाको लागि गुलाब, नेरोली र क्यामोमिल नामक एक प्रकारको तेल संवेदनशील छालामा लगाउने गरिन्छ । चन्दन र गुलाबको तेलबाट पनि सामान्यतया छालामा थेरापी गर्ने गरिन्छ ।

कोमल र चमकदार छालाको लागि

अरोमा थेरापीले केवल छालामा चमक मात्रै ल्याउँदैन । यस उपचारपछि छाला धेरै नरम हुँदै जान्छ । अरोमा थेरापीले अनुहारमा प्राकृतिक चमक ल्याउँछ । अरोमा थेरापीले अनुहारको सुख्खापनलाई सदाको लागि हटाउने गर्छ ।

अरोमा थेरापी लागत

अरोमा थेरापीले अनुहार चम्काउन आवश्यक तेलहरूको प्रयोग गर्नेगर्छ । यसले छालालाई न केवल उज्यालो पार्दछ, अनुहारमा रहेको दागहरु समेत हटाउन मद्दत गर्ने गर्छ ।

यसको लागि आवश्यक खर्च ठाउँ अनुसार फरक फरक हुने गर्छ । यद्यपि अनुमानित रुपमा यसको खर्च १० हजारदेखि ३० हजार रुपैयाँसम्म लाग्न सक्ने ब्युटिसियनहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment