Comments Add Comment

स्वस्तिमाको सुन्दरता

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको लागि तयार भएको छ । चैत्र २८ गतेबाट यो चलचित्र देशभर रिलिज हुनेछ ।

तर, विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने पक्का छैन । निर्माणपक्षले भने चैत्र २८ गते नै चलचित्र रिलिज गर्ने बताउँदै आएको छ ।

उनै, स्वस्तिमालाई यो बर्ष आफ्ना सहकर्मीहरुको बिहेले पनि राम्रैसँग छोयो । नायिका प्रियंका कार्कीदेखि आँचल शर्माको बिहेको विभिन्न समारोहमा उनी उपस्थित भइन् ।

स्वस्तिमाले नायिका आँचल शर्माको बिहे पार्टीमा लगाएको पहिरनको चर्चा पनि राम्रै भयो । किनकी, लेहेङ्गा लगाएर स्वस्तिमा आकर्षक बनेकी थिइन् । स्वस्तिमाले मानिसको जीवन जिउने तरिका फरक–फरक हुने भन्दै आफ्नो शैली आँचलको बैबाहिक जीवनमा लागू नहुन पनि सक्ने बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment