+
+
Shares

अपरेशन सेफ्टी पिन : सार्वजनिक सवारीमा दुर्व्यवहार गर्ने ५४० समातिए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १४:३८

४ चैत, काठमाडौं । उपत्यकाका सार्वजनिक सवारीसाधानमा हुने दुर्व्यवहारलाई लक्षित गरेर प्रहरीले चलाएको अपरेशन सेफ्टी पिन अभियानका क्रममा ५ सय ४० जना पक्राउ परेका छन् । अभियान अन्तर्गत पुस महिनादेखि हालसम्म पक्राउ परेकाको यो संख्यामा व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार सार्वजनिक यातायातलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाउने उद्देश्यले यो अभियान जारी राखिएको छ । अभियानका क्रममा पाकेटमारीमा संलग्न पनि समातिएका छन् ।

अभियानबाट सार्वजनिक सवारीसाधन तथा मेला पर्वहरु व्यवस्थित, सुरक्षित, मर्यादित र महिला बालबालिका तथा जेष्ठ नागरिकमैत्री हुँदै गएको उनले जनाए ।

अभियानबाट अपराध गतिविधिहरु न्यूनिकरण हुँदै गराइरहेको प्रहरी बतउँछ । महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार पुस महिनादेखि हालसम्म पक्राउ परेकामध्ये अश्लिल हर्कत गर्ने २७ जना, शारीरिक यौनजन्य दर्व्यवहार ६२ जना, अपशब्द, अश्लिल गाली गलौज १२ जना, पाकेटमारी ८९ जना, लागूऔषध लगायत अन्यमा ३५० जना छन् ।

तीमध्ये रहेकोमा ६१ वटा मुद्दा दर्ता गरी १४६ जनालाई कानून बमोजिम कारबाही गरिएको ज्ञवालीले बताए । त्यस्तै, ३९४ जनालाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको उनले जनाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?