
४ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालत प्रवेश गर्नेहरुको ज्वरो नाप्न सुरु गरेको छ । कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिममा सतर्कता अपनाउँदै सर्वोच्च प्रवेश गर्ने गेटमा ज्वरो नाप्न थालिएको हो ।
सर्वोच्च प्रवेश गर्न लाग्दा गेटमा नै ज्वरो नापिने र बढी ज्वरो आएको पाइएमा अदालतभित्रैको आकस्मिक स्वास्थ्य कक्षमा राखिने अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
सर्वोच्चमा यस कामका लागि एक जना स्वास्थ्यकर्मी नै राखिएको छ ।
त्यस्तै इजलासमा पनि न्यायाधीश, कानून व्यवसायी र मुद्दाका पक्ष बस्ने ठाउँमा निश्चित दूरी काम गरेको सूचना अधिकारी ढकालले बताए ।
जरुरी काम पर्नेबाहेक अन्यलाई अदालत नआउन आग्रह गरिएको, छिटो छिन्न नपर्ने मुद्दामा लामो पेशी दिएको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4