+
+
Shares

सर्वोच्चमा सेवाग्राहीको ज्वरो नाप्न थालियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १४:४३

४ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालत प्रवेश गर्नेहरुको ज्वरो नाप्न सुरु गरेको छ । कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिममा सतर्कता अपनाउँदै सर्वोच्च प्रवेश गर्ने गेटमा ज्वरो नाप्न थालिएको हो ।

सर्वोच्च प्रवेश गर्न लाग्दा गेटमा नै ज्वरो नापिने र बढी ज्वरो आएको पाइएमा अदालतभित्रैको आकस्मिक स्वास्थ्य कक्षमा राखिने अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्चमा यस कामका लागि एक जना स्वास्थ्यकर्मी नै राखिएको छ ।

त्यस्तै इजलासमा पनि न्यायाधीश, कानून व्यवसायी र मुद्दाका पक्ष बस्ने ठाउँमा निश्चित दूरी काम गरेको सूचना अधिकारी ढकालले बताए ।

जरुरी काम पर्नेबाहेक अन्यलाई अदालत नआउन आग्रह गरिएको, छिटो छिन्न नपर्ने मुद्दामा लामो पेशी दिएको पनि उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?