Comments Add Comment

कालोबजारी रोक्न सरकारले सहुलियत पसल सञ्चालन गर्ने

४ चैत, काठमाडौं । सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको हो ।

संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका हुन् ।

केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने मन्त्री भट्टको भनाइ छ ।

कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने मन्त्री भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment