
४ चैत, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारसिथित राजमार्गमा बा५८प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृतकको सनाखत भैनसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट सुर्यबिनायकतर्फ आउँदै गरेको स्कुटीलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल स्कुटीको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीले स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका- ८ बोडेकी १८ की इशा ढेकेलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4