+
+
Shares

बीमा कम्पनीले जोखिम वहन गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १९:४२

४ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण बीमा कम्पनीले जोखिम बहन गर्दैनन् कि भनेर डराउनुनपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको बीमा विधयेकमाथिको छलफलमा सांसदहरुले कोरोना भाइरसका कारण बीमा कम्पनीले बीमा गर्न छाडेको गुनासो गरेका थिए । जवाफमा अर्थमन्त्री खतिवडाले बीमा कम्पनीले जोखिम बहन गर्ने बताएका हुन् ।

‘पहिलो कुरा त अहिले नेपालमा कोरोना आएकै छैन, भोलि कोरोना आउला भनेर बीमा नै नगर्ने भन्ने कुरा हुँदैन’ अर्थमन्त्रीले भने, ‘कोरोना लागिसकेको व्यक्तिको जोखिम बहन गर्दिन भन्ने कुरा अलग हो तर अहिले नै बीमा हुँदैन भन्ने हुँदैन, सबैको बीमा हुन्छ ।’

बैठकमा बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईंले ‘बीमा ऐन २०४९’ कार्यान्वयनमा रहेको र पछिल्लो समय अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा नयाँ सिद्धान्तहरु आइसकेकाले नेपालमा पनि नयाँ कानून र व्यवस्थाको आवश्यकता रहेको बताए ।

उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनसम्बन्धी सिद्धान्तको कार्यान्वयन ‘बीमा ऐन २०४९’ ले गर्न नसक्ने भन्दै नयाँ विधेयक आवश्यक रहेको समेत बताए ।

अध्यक्ष चापागाईले समितिमा स्वास्थ्य बीमालाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । त्यस्तै विधेयकले बीमा संस्थानसम्बन्धी ऐन खारेज गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई समेत नियमन गर्नेछ ।

बीमा समिति खारेज भएपछि बन्ने प्राधिकरणले नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारको रुपमा काम गर्ने छ ।

त्यस्तै राष्ट्रिय बीमा नीति तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, बीमा कम्पनीहरुको स्थापना गर्न स्वीकृति दिने, नवीकरण तथा खारेजी गर्ने, नियमन तथा सुपरिवेक्षण गर्ने लगायतका कामहरु गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?